काठमाडौं / नेकपा एमाले ओली पक्षको केन्द्रीय कमिटी बैठकबाट रामबहादुर थापा ‘बादल’सहित ४२ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । बैठकले पार्टीको महाधिवेशन २०७८ मंसिर २ देखि ६ गतेसम्मगरिसक्ने मिति तय गरेको छ । शुक्रबार बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेश इञ्चार्जबाट हटाएर बादललाई इन्चार्ज तोकेको छ । शाक्य माधव नेपाल पक्षकी हुनु हुन्छ ।

बैठकले पार्टीका सबै पदाधिकारी खारेज गरेर अध्यक्ष र महासचिवमात्र रहने बनाएको छ । पार्टीको प्रवक्तामा भने प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ ।
एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू वामदेव गौतम, विद्यादेवी भण्डारी, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली रहनु भएको थियो ।
ओली निकट भण्डारी राष्ट्रपति हुनुहुन्छ भने अन्य उपाध्यक्षहरू माधवकुमार नेपाल निकटका रहनु भएको छ । त्यस्तै, नवौं महाधिवेशनबाट महासचिवमा ईश्वर पोखरेल निर्वाचित हुनु भएको थियो । उपमहासचिवमा घनश्याम भुसाल र विष्णुप्रसाद पौडेल रहनुभएको थियो । भुसाल नेपाल पक्षमा हुनुहुन्छ । पौडेल ओलीको पक्षमा रहनु भएको छ । सचिवमा प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट र पृथ्वीसुब्बा गुरुङ रहनु भएको थियो।

एमालेको पदाधिकारीमा माधवकुमार नेपाल पक्षको बहुमत रहेको थियो । जसलाई ओली पक्षले खारेज गरेर अगाडि बढेको छ । पार्टी एकीकरण हुँदा बनाइएका ४२ जना केन्द्रीय सदस्यको स्थानमा अध्यक्ष ओलीले आफ्नो पटकका एमाले नेताहरुलाई केन्द्रीय सदस्य बनाउनु भएको छ । त्यसमध्येका २३ जना पूर्व माओवादी पक्षका छन्।

 

को-को मनोनित भए एमालेको केन्द्रीय सदस्यमा ?

१) रामबहादुर थापा
२) टोपबहादुर रायमाझी
३) लेखराज भट्ट
४) मणिचन्द थापा
५) प्रभु साह
६) टंक आङबुहाङ
७) पासाङ शेर्पा
८) मनोज थापा
९) धर्मराज रेग्मी
१०) कमल जंग
११) दधिराम न्यौपाने
१२) विषमलाल अधिकारी
१३) लिलाबहादुर थापा
१४) ज्वाला साह
१५) दिनेश पन्थी
१६) नवीन रोका
१७) टेकबहादुर बलामी
१८) चन्द्रबहादुर खड्का
१९) गौरीशंकर थारु
२०) झपट बोहरा
२१) दावा लामा
२२) डम्बर विष्ट