धरान / नियमित हुदैं आएको मोफसलको एक मात्र अन्तर्राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २३ औं सँस्करण यो बर्ष नहुने भएको छ ।

कोरोना महामारीको कारण आर्थिक सहयोग जुट्न नसक्ने भएपछि गोल्डकप नहुने भएको आयोजक धरान फुटबल क्लबले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
२०५५ सालदेखि शुरु भएको बुढासुब्बा गोल्डकप यो पहिलो पटक आयोजना रोकिएको छ । यस अघि नियमित हुदैं आएको थियो । विगतमा माओवदाी द्वन्द्व, मधेश आन्दोलनजस्ता बिषम परिस्थितिमा पनि विगतमा यो प्रतियोगिता निरन्तर आयोजना हुदैं आएको थियो ,। तर यस बर्ष कोरोना महामारीका कारण आर्थिक जुटाउन नसकेर बन्द गर्नु परेको क्लवका अध्यक्ष किसोर राईले जानकारी दिनुभयो ।
प्रतियोगिताको कुल बजेटमध्ये ७५ प्रतिशत दाताहरुबाट नै संकलन हुने गरेको र बाँकी २५ प्रतिशत प्रायोजक, सहप्रायोजकबाट पाउदै आएको थियो ।
अघिल्लो बर्षको पुरस्कार पनि वितरण गर्न बाँकी
आयोजक क्लबले गत बर्षको २२ औं सँस्करणको विजेता र उपविजेताको पुरस्कार राशी पनि सबै दिएको छैन् । पत्रकार सम्मेलनमा अधयक्ष राईले दिन नसकेको जानकारी गराउनु भएको छ । प्रदेश १ सरकारबाट आउने भनिएको १० लाख र राष्ट्रिय खेलकुद परिषदबाट आउने ५ लाख बजेट पहिलो र दोस्रो हुने टिमलाई उपलब्ध गराउने भनिएको थियो । तर, ती दुवै निकायबाट बजेट अहिलेसम्म प्राप्त नभएकोले विजेता मनाङ मस्र्याङ्दीलाई २ लाख ५० हजार मात्र दिइएको अध्यक्ष राईले जानकारी दिनुभयो । बााकी रकम दिन नसकेको उहाँको भनाई थियो ।

यस्तै, उपविजेता नेपाल पुलिस क्लबले पनि पाएको छैन् । पुरस्कार राशी ५ लाख हालसम्म उपलब्ध गराउन नसकेको राईले बताउनुभयो । ‘सरकारले दिने भनेको नदिएर हामीले क्लवहरुलाई उपलब्द गराउन सकेका छैनौं ।’–राईले भन्नु भयो ।
उहाँले धरान उपमहानगरपालिकाले गोल्डकपको अभिभावकत्व ग्रहण गर्न नसकेको र आवश्यक बजेट उपलब्ध नगराएकोप्रति पनि गुनासो गर्नु भयो । ‘यत्रो ठूलो प्रतियोगिता हुन्छ तर उपमहानगरपालिकाले त्यसको जससमेत लिने काम गरेन ।’–अध्यक्ष राईले भन्नु भयो ।