धरान / इलाका प्रहरी कार्यालय धरानले हिजो राती एक संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । साँझ धरान–८ स्थित तीनकुने नाकाबाट पैदन हिड्दैं गरेको अवस्थामा फत्राउ गरिएको छ ।
धरान– १५ बस्ने वर्ष २१ को पासाङ तामाङ र १९ बर्षीय पारस थापालाई फक्राउ गरिएको हो । निजहरुको शरीर खानतलासी गर्दा पारस थापाले साथमा बोकेको कालो रंगको ब्याग भित्र लुकाई छिपाई राखेको कोलिबोन–५० ६६८ क्याप्सुल र ट्रामाडोल ६६८ क्याप्सुल बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो । प्रतिबन्धित औषधीसहित पक्राउ परेका पासाङ तामाङ र पारस थापालाई आज आवश्यक कारवाहीको लागि औषधी व्यवस्था बिभाग शाखा कार्यालय बिराटनगर पठाईएको प्रहरीले जनाएको छ ।