धरान / सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई खारेज गर्दै साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिए पछि दुवै पार्टी अलग अलगरुपमा कार्यालय सञ्चालन गर्ने प्रक्रिया शुरु भएको छ ।
२०७५ जेठ अघि एमाले र माओवादी केन्द्रको साविक कमिटीलाई मान्यता दिने गरि सर्वोच्चले फैसाल गरेको छ । योसँगै एमाले भित्र ओली गुट र माधव नेपाल गुट विच किचलो पनि शुरु  भएको छ ।

सोही अनुसार सुनसरी जिल्लामा पनि इनरुवास्थित नेकपाको पार्टी कार्यालयबाट माओवादी केन्द्र बाहिरिएको छ । उक्त पार्टी कार्यालय विगतमा नेकपा एमालेको पार्टी कार्यालय थियो । खारेज भएको नेकपाको जिल्ला नेतृत्व बैठक बसेर एमाले र माओवादी केन्द्र अलग अलग हुने फैसला अनुसार अघि बढ्ने निर्णय गरिएको तत्कालिन एमाले अध्यक्ष रमेश बस्नेतको नेतृत्वमा कार्यालयमा नेकपा एमाले उल्लेख गरेको बोर्ड विहान राखियो । तत्कालिन जिल्ला कमिटीका पदाधिकारीहरुको उपस्थितिमा बोर्ड राखिएको थियो ।
त्यस लगतै ओली समुहका रेवतीरमण भण्डारीकाे नेतृत्वमा उक्त बोर्ड हटाएर अर्को बोर्ड राखिएको छ । एमालेकी केन्द्रीय सदस्य भगवती चौधरी, प्रदेश १ का पर्यटन मन्त्री जगदिस कुसियतलगायतको उपस्थितिमा बोर्ड राखिएको छ । अवको अध्यक्ष रवती भण्डारी भएको ओली पक्षको दावी छ । उनीहरुले माधव पक्षका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा तथानाम गालीसमेत गर्नशुरु गरेका छन् । यि दुई समुहको हर्कतले सुनसरीमा मुडभेटको स्थिति आएको जिल्लाका एक कार्यकर्ताले बताउनु भयो ।

नेपालका दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ गते एकीकरण भएर नेकपा गठन भएको थियो । सुनसरीमा २०७६ जेठ ६ गते जिल्ला कमिटी गठन भएपछि साविक एमालेको पार्टी कार्यालय नै नेकपाको भएको थियो । तर, फागुन २३ गते सर्वोच्चले सत्तारुढ नेकपालाई वदर गर्दै ऋर्षि कट्टेलको नेकपालाई आधिकारिता दिएको थियो भने साविककै नेकपा एमाले र माओवादी केन्द्र कायम रहने फैसला गरेपछि राजनीतिक उथलपुथल भएको छ । माधव प्रचण्ड समुहले हिजो साविक एमाले र माओवादी केन्द्रमा रहन निर्णय पछि पार्टी कार्यालयहरुमा बोर्ड राख्न थालिएको हो ।

अदालतको फैसलाकार्यन्वयका लागि बोर्ड राखिएको तत्कालिन एमाले जिल्ला अध्यक्ष रमेश बस्नेतले जानकारी दिनुभयो । ‘अदालतको फैसालाअनुसार साविक कमिटी सकृय हुन्छन् नेतृत्व हेरफेर केन्द्रको निर्देशनमा पछि मात्र हेरफेर गर्न सकिन्छ ।’–बस्नेतले भन्नु भयो ।