धरान / नेपाली कांग्रेसको भातृ संस्था नेपाल तामाङ संघ, सुनसरीको सभापतिमा धरान १७ का ढकेन्द्र तामाङ छानिनु भएको छ ।
संघको प्रथम जिल्ला अधिवेशनवाट उहाँ सर्वसम्मत सभापतिमा चयन हुनु भएको हो । अधिवेशनले अन्य पदाधिकारी र सदस्यहरु सहित २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नेपाली कांग्रेस सुनसरीका सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङका अनुसार उपसभापतिमा रोशनकुमार तामाङ(इटहरी) र मनोज योञ्जन(बराहक्षेत्र), सचिवमा राजेन्द्र घिसिङ(धरान) र दुर्गा तामाङ(धरान), कोषाध्यक्षमा ललितमान योञ्जन(धरान), सहसचिवमा कुलबहादुर तामाङ(बराहक्षेत्र) र सुमित तामाङ(धरान), सदस्यहरुमा चन्द्र तामाङ(इटहरी), सुजित तामाङ(इटहरी), सुवास तामाङ(धरान), मिलन योञ्जन(धरान), फुलकुमारी (सिता) तामाङ(धरान), चित्रा पाख्रिन(धरान), पञ्चमाया तामाङ(धरान), सविता जिम्वा(धरान), नन्दमाया तामाङ(धरान), विदुर तामाङ(बराहक्षेत्र), पन्ङ(बराहक्षेत्र), पन्छी वाइवा(इटहरी), कोपिला तामाङ(धरान) र सुजन तितुङ(धरान) रहनु भएको छ ।
संघको ज्येष्ठ सदस्य राम तामाङको अध्यक्षतामा सम्पन्न प्रथम जिल्ला अधिवेशनमा प्रमुख अतिथि संघका केन्द्रीय सभापति कवेलबहादुर लामा, पार्टीका सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, जिल्ला सदस्यहरु राजदीप लामा, रमला तामाङ, गोविन्द बस्नेत, प्रदेशसभा निर्वाचन क्षेत्र १(२) का सभापति मुरारीप्रसाद भट्टराई, नेपाल ट्रेड युनियन कांग्रेसका १ नं. प्रदेश उपाध्यक्ष पन्छी वाइवा, नेपाल तामाङ संघका केन्द्रीय सदस्य राजु पाख्रिन, वित्तिय संस्थाका केन्द्रीय सदस्य रमेश तामाङ लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन पार्टीका सुनसरी जिल्ला सदस्य माधव घिसिङले गर्नु भएको थियो । वक्ताहरुले तामाङ जातिको विभिन्न साझा मुद्दाहरु, राजनीतिक अधिकार, पहिचान, राज्यको हरेक अंग र निकायमा पहुंच, प्रतिनिधित्व तथा अवसरको सुनिश्चितताका लागि राजनीतिक ढंगले पार्टी र राज्यमा विषय उठान गर्न जरुरी रहेको बताएका छन् । उनीहरुले स्व. नेता भिमवहादुर तामाङले प्रतिपादन गरेको पहिचान भेटिने द्धन्द्ध मेटिने सिद्धान्ट र नीतिलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिएका छन् ।
अधिवेशनमा प्रजातन्त्रवादी प्राध्यापक संघका १ नं. प्रदेश सभापति बद्री तामाङ, धनुषाका पार्टी महाधिवेशन प्रतिनिधि मदनदीप तामाङ, नेपाल तामाङ संघ ललितपुरका पूर्व सचिव प्रकाश लामा, नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामा, धरान १८ का जनप्रतिनिधि सदस्य जमुना मोक्तानलगायतका तामाङ नेताहरुको समेत उपस्थिति रहेको थियो ।