दाम्पत्य जीवनलाई सुचारु रुपले सञ्चालन गर्नको लागि चाहिने अति आवश्यक तत्वहरुमध्ये एक हो–यौन । यौनले नै दाम्पत्य जीवनलाई बिगार्ने÷ सपार्ने काम गर्दछ भन्ने कुरा प्रायः अधिकांश विद्वानहरु मान्दछन् । प्रकृतिप्रदत्त यो गुण मानव तथा सम्पूर्ण प्राणीमा पाइएतापनि हालसम्म यसको विषयमा खुलेर कुराकानी गर्न नसकिने यौन शिक्षाको अभावले गर्दा नै हो ।
प्रतिदिनको कार्य व्यस्ततालाई सम्पन्न गर्न स्फूर्ति दिने स्वभाविक माध्यहरुमध्ये यौन पनि एक हो । हुन त यौन शक्ति सबैमा एकैनासको हुन्छ भन सकिंदैन । यसको शक्ति बढाउन नै अत्याधुनिक औषधि भियाग्राको प्रचलन बढेको हो । मानव मस्तिष्क यौनको लागि तयार नभएसम्म भियाग्राले पनि केही गर्न नसक्ने तथ्यांकले देखाएको छ भने बरु उल्टो भियाग्राको प्रयोगबाट हृदयघात भई केही व्यक्तिहरु मृत्युको मुखमा पुगेको पनि देखिन्छ ।
यस्तो स्थितिमा मादक पदार्थको सहाराले क्षणिक उत्तेजना प्राप्त गरेतापनि पछि यसले स्वास्थ्यमा प्रतिकुल असर पु¥याउने भएकोले यस्ता पदार्थहरुको सेवन हानिकारक हुन जान्छ । यिनै कुराहरु ध्यानमा राखी घट्दै गएको स्त्री–पुरुषहरुको यौन शक्ति बढाउन जोन फेयर नामक लेखकले आप्mनो प्रसिद्ध पुस्तक ल एण्ड लिविडोमा अचुक उपायहरु उल्लेख गरेका छन् । जुन सबैका लागि पठनीय देखिन्छ ।
क) प्रोटिनको समुचित प्रयोगः माछा, मासु, अण्डा आदिमा प्रोटिन पाइन्छ । शरीरलाई स्वस्थ राख्न प्रोटिनको आवश्यकता
पर्दछ । प्रोटिनमा एनिमो एसिड भरपुर मात्रामा पाइन्छ जसले यौन शक्तिलाई बढाउने काम गर्दछ । यिनै एसिडहरुमध्ये हिस्टीडाइन एसिडले चरमसुख प्राप्त नगर्ने स्त्रीलाई तृप्तता दिलाउन मद्दत गर्दछ । त्यसैगरी मानसिक
कारण वा तनावबाट कसैको यौन शक्ति ह्र्रास भएको छ भने प्रोटिन मै पाइने फिनाइलेलानिन नामक एसिडले तनाव हटाई यौन शक्ति बढाउने काम गर्दछ ।
दानायुक्त mलmूलको प्रयोगः दानायुक्त फलफूलहरुमा प्रशस्त मात्रामा भिटामिन इ भएको तथ्य विभिन्न परीक्षणबाट थाहा भएको छ । शरीर स्वस्थ राख्न र यौन शक्ति बढाउन यसले उल्लेखनीय भूमिका खेल्दछ । फेरि यसको कमीबाट प्रजनन क्षमता कम हुने भएकोले स्त्री–पुरुष सन्तान सुखबाट वञ्चित हुन पुग्दछन् । भिटामिन इ युक्त यस्ता फलफूल सेवन गर्ने महिलाहरुको हर्मोन एस्ट्रोजनको स्तर बढ्न गई यौन शक्तिमा वृद्धि हुन पुग्दछ ।
ग) भिटामिन बीको सेवनः हाम्रा शरीरका क्रियाकलापहरु दिमागबाट सञ्चालित एवं नियन्त्रित हुन्छन् । दिमाग स्वस्थ भयो भने मात्र यौनिक क्रियाकलापहरु पनि राम्रो हुन्छ । त्यसैले आप्mनो दिमागलाई तन्दुरुस्त बनाउन भिटामिन बीको सेवन गर्नु लाभदायक हुन्छ । यसको कमीबाट शरीर कमजोर बन्नुका साथै यौन इच्छामा कमी आउन थाल्दछ । विशेषगरी भिटामिन बी ३
(नियासिन) ले रक्त नलीको
सा“घुरोपनलाई हटाई रक्तसञ्चार प्रणालीलाई बलियो बनाउ“दछ । जसले गर्दा लिंगमा पर्याप्त मात्रामा रक्तसञ्चार हुन पुगी लिंगोत्थान हुन्छ भने स्त्रीलाई यौन क्रिया गर्न उत्तेजित पार्दछ । माछा, मासु, अण्डा आदिमा यो भिटामिन पाइएतापनि यदि सप्लिमेन्टको रुपमा प्रयोग गर्नुपरेमा भिटामिन बीकम्प्लेक्स नै सेवन गर्नु फाइदाजनक हुन्छ ।
घ को–इन्जाइम क्यु १० को प्रयोगः उमेर बढ्दै गएपछि पोषक तत्वहरुको अभावमा शरीर पनि कमजोर बन्दै जान्छ र अस्वस्थ बन्न पुग्छ तर यसको प्रयोगले यस्ता स्त्री–पुरुषलाई राम्रो त बनाउ“छ नै यसको साथसाथै उनीहरुको यौन शक्ति पनि बढाउ“दछ । यो विशेषगरी कलेजो, मृगौला, अनाज आदिमा पाइन्छ ।
ङ) अदुवा खानोस्ः अदुवाको प्रयोग नभएको भान्सा घर त सायदै होला । मसलाको रुपमा प्रयोग गरिने अदुवाले यौन शक्ति पनि बढाउ“छ । यसले रक्तसञ्चार प्रणालीलाई ठीक राख्छ र यौनाङ्गमा समेत रक्तसञ्चार गराई यौन क्रियालाई सहज बनाउ“छ तसर्थ अदुवा खाने बानी बसाल्नुहोस् है ।
च) वास्नादार तेलको प्रयोगः
गु्रप सीड वा सूर्यमुखी तेलमा एक वा दुई थोपा वास्नादार तेल मिसाएर शरीरको मालिस गर्नाले यौन शक्ति बढ्दछ । हर्मोनलाई नियन्त्रण गर्न पेचौली हर्मोन गडबढ हटाउन जेरेनियम थकान मेटाउन क्लेरीसेज तेलको प्रयोग गरी शारीरिक तन्दुरुस्तीका साथसाथै यौन शक्ति पनि बढ्न गई सन्तुष्टि पनि प्राप्त गन सकिन्छ ।
६) सधैं सक्रिय हुनुहोस््ः नियमित रुपले व्यायाम गर्नेहरु भन्दा नगर्नेहरुको यौन शक्ति निकै कम हुन्छ । नियमित रुपले व्यायाम गर्नाले र सधै आप्mनो काममा सक्रिय हुने गर्नाले शरीरमा आवश्यक बोसो जम्न नपाई शरीर फूर्तिलो हुन्छ । यसले  रक्तसञ्चार र मांसपेशी लगायत शरीरलाई नै सक्रिय तथा मजबुत बनाई यौन शक्ति बढाउ“छ ।
ज) पर्याप्त सुत्नुहोस्ः थकाई मेटाउने उपयुक्त साधन ओछ्यान हो । पर्याप्त मात्रामा सुत्नाले शरीरका अवयवहरुले पुनर्जीवन पाउ“छन् र यौन शक्ति बढ्छ । पर्याप्त मात्रामा भन्नाले व्यक्तिअनुसारको निद्रा भन्ने बुझिन्छ । किनकी सबैले उत्तिकै मात्रामा सुत्नुपर्छ भन्ने छैन । अनिंदो रहने व्यक्तिले भने निद्रालाई हटाउनु अति आवश्यक छ । त्यसैले आजैदेखि पूरा सुत्ने बानी गर्नुहोस् ।
झ) जिंकको प्रयोगः चिकित्सा विज्ञानमा जिंक (जस्ता) लाई सेक्स मिनरल भनिन्छ । चिकित्सा वैज्ञानिकहरुले निःसन्तान पुरुषहरुले पर्याप्त मात्रामा जिंक सेवन गरे फाइदा हुन्छ भनेका छन् । किनकी यसको प्रयोगले पुरुष हर्मोनको स्तर बढ्छ । फलफूल, अण्डा, बिया आदिमा जिंक पर्याप्त मात्रामा पाइन्छ भने सप्लिमेन्टको रुपमा प्रयोग गर्दा प्रतिदिन १५ मिग्रा भन्दा बढी सेवन गर्नु हु“दैन । अन्यथा यसको मात्रा बढेमा शरीरमा भएको कपर र आइरनको सक्रियतामा गडबडी हुन पुग्छ र ब्याक्टेरियल इन्फेक्सन हुन सक्छ ।
ञ) रोटी खानोस्ः अनिद्रा सम्बन्धी रोग र नशासम्बन्धी थकालाई हटाउन जौंको रोटी लाभप्रद हुन्छ । यसको नियमित सेवन गर्नाले यौन शक्ति बढ्नुका साथै शारीरिक कमजोरी पनि हराउ“दछ । यसमा पौष्टिक तत्व अत्याधिक मात्रामा हुन्छ जसले स्त्री–पुरुष दुवैलाई शक्ति प्रदान गर्दछ । त्यसैले यसलाई टनिक पनि भनिन्छ । तसर्थ जौंको आ“टाको रोगी नियमित रुपमा नास्ता स्वरुप सेवन गर्नुहोस् र आप्mनो यौन शक्ति बढाउनुहोस् । एजेन्सीबाट