इलाम । प्रेस संगठन इलामको दोश्रो जिल्ला भेलाले जिल्ला कमिटीलाई पूर्णता दिएको छ ।
संगठनका संयोजक रमेश पराजुलीको अध्यक्षतामा भएको भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामका अध्यक्ष भक्त केसीको प्रमुख आतिथ्यता तथा प्रेस संगठनका प्रदेश इन्चार्ज राजन केडी र प्रदेश संयोजक देबेन्द्र कार्कीको विशेष आतिथ्यता रहेको थियो ।
संगठनले रिक्त रहेको सदस्य पदमा नयाँ सदस्यहरुको पदपुर्ती गरिएको हो । संगठनका संयोजक सहसंयोजक सचिव र नव गठित समितिका सदस्यहरुलाई प्रदेश संयोजक कार्कीले सपथ ग्रहण गराउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि केसीले पत्रकारको कलम प्रतिगमन र संविधान विरोधी कामको विरोधमा कमजोर बन्न नहुने बताउनु भयो । संविधानको रक्षाका निम्ति पत्रकारहरुले सदैब अग्रमोर्चामा रहेर काम गरेको बताउँदै आगामी दिनमा समेत बलियो रुपमा उपस्थिती जनाउनुपर्ने बताउनु भयो । पार्टी पत्रकारहरुसँग सधै सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गर्न भयो ।

कार्यक्रममा विशेष अतिथि राजन केडीले प्रेस संगठन सदैव आम पत्रकारको हितमा आवाज उठाउन तयार रहेको बताउनु भयो । अर्का विशेष अतिथि प्रदेश संयोजक देवेन्द्र कार्कीले सबै प्रगतिशिल पत्रकारहरु एकै ठाउँमा गोलवद्ध भएर अघि बढ्नुपर्ने बताउनु भयो । आसन्न पत्रकार महासंघको चुनावका लागि प्रेस संगठनले सबैसंग सहमती र सहकार्यको वातावरण तयार पार्न कटिवद्ध रहेको उहाँको भनाई थियो । संगठनका साथीहरु जो अलमलमा परेका छन् उनीहरुलाई मुलधारमा आउन आग्रहसमेत गर्नु भयो ।
प्रदेश सहसंयोजक मुक्ति पौडेल, ले ‘बा’ पत्रकारिता गर्नुकै औचित्य नरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको पछाडी कुदेका बा पत्रकारहरु पथभ्रम भएकाले केही समयपछि सहि गतिमा आउनेमा विश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा नेकपा इलामका कार्यालय सदस्य बिजय खम्बु, प्रेस संगठन सुनसरी संयोजक अर्जुन शर्मा, नेकपा इलाम नगर कमिटी अध्यक्ष प्रवाश शर्मा, नेकपा कार्यालय सदस्य सोम शर्मा, प्रेस संगठन प्रदेश सदस्य राजकुमार दाहाल, राजेश पराजुली, अनेरास्ववियू इलामका संयोजक मानबहादुर गुरुङलगायतले बोल्नु भएको थियो ।

संगठनकी सहसंयोजक बुद्धमाया सोङ्मीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव नमिन ढकालले गर्नु भएको थियो । संगठनको दोश्रो भेलापछि बसेको बैठकले आगामी पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष पदका लागि संगठनका प्रदेशसचिव सुजन तिम्सिनालाई अघि सारेको छ । यस अघि नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्षसमेत हुनु भएका तिम्सिनालाई अध्यक्षका रुपमा अघि सारेको हो ।

IMG_4593