धरान / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव र सरकार विच तीन बुदे समहति भएको छ । आज ले सरकारसँग गरेको तीन बुँदे सहमति सार्वजनिक गरिएको थियो ।
आज सार्वजनिक हुनु भएका विप्लवले सरकारसँग गरेको सहमति आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा गृहमा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा सम्बोधन गर्दै महासचिव विप्लवले सरकारसँग गरेको तीन बुँदे सहमतिमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनु भएको हो । आफ्नो पार्टीले सहमति पालन गर्ने भन्दै उहाँले कसैले पनि आशङ्का गर्न आवश्यक नरहेको स्पष्ट पार्नु भयो ।

kp biplab

कम्युनिस्टहरू आफ्नो मान्यता देशमाथि हस्तक्षेप भएको महसुस हुँदा विद्रोह गर्ने र राज्यले बदलिएको परिस्थितिमा आफ्नो भूमिका पूरा गरेको स्थितिमा कम्युनिस्टहरू शान्तिको दूत बन्न सक्ने उदाहरण आफुले प्रस्तुत गरेको उहाँको भनाई छ । ‘हामी विद्रोह गर्ने मान्छेहरू हौँ र विद्रोह गर्दै अहिलेसम्म आएका छौँ ।
तर कम्युनिस्टहरू विद्रोह मात्रै गर्दैनन् । जब परिस्थिति बदलिन्छ, परिस्थिति बदलिएको स्थिति भएर राज्यले आफ्नो भूमिका पूरा गरेको स्थितिमा कम्युनिस्टहरू भनेका शान्तिका दूत पनि हुन् ।’–उहाँले भन्नु भयो ।
महासचिव विप्लवले देशलाई आत्मनिर्भर, स्वाधीन र सुन्दर बनाउने सपनासहित सहमति भएको दाबी गर्नु भयो ।

महासचिव विप्लवले देशको भविष्यको बारेमा जनमतमा जानुपर्ने बताउदैं आउनुभएको छ । कुन विषयमा जनमतमा जाने भन्ने विषय स्पष्ट नपारे पनि उहाँले आज पन सोही विषयलाई दो¥याउनु भयो । नेपालमा कसैले पनि सुरक्षित महसुस नगरेको तथा नेताहरूले समेत आफैले नेतृत्व गरिरहेको जस्तो अनुभूति नगरेको भन्दै महासचिव विप्लवले नागरिकलाई मतको अधिकार दिइनुपर्नेमा जोड दिनुभयो ।

सरकारसँगको सहमतिपछि आफ्ना नेता–कार्यकर्ता जेलबाट छुट्नेमा उहाँले ले विश्वास व्यक्त गर्नु भयो ।

महासचिव विप्लवले सबैसँग सहकार्य, हातेमालो गरेर अगाडि बढ्न तयार रहेको स्पष्ट पार्नु भयो । विदेशीले हस्तक्षेप गरेमा जीवन धरतीमा गाडिए पनि सम्झौता नहुने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दुई वर्षभन्दा बढी समयपछि शुक्रवार काठमाण्डौमा सार्वजनिक हुनु भएको हो । प्रधानमन्त्री केपी ओली र उहाँले एउटै मञ्चबाट आज सम्बोधन गर्नु भयो ।