धरान / राष्ट्रिय युवा संघ नेपाल धरान उपहानगर वडा नं ३, ४ र ७ को भेला सम्पन्न भएको छ । ७ नं. वडाको भेलाले प्रवेश राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ । उता ४ नंं को भेलाले सुवासबहादुर राईको अध्यक्षतामा १५१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

७ नंं समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्षमा क्रमस अशोक राई,निर्देश दाहाल, उल्फत मोक्तान र नमिता तामाङ राई रहनु भएको छ ।
त्यसैगरी वडा न ४ मा समितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमस सुवास राई, गणेश लुङगेली मगर,सुनिल राई र बन्दना राई रहनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सदस्य मुक्साहाङ मेन्याङवोको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हरी लिम्वु, युवा संघका प्रदेश सदस्य विनोद राई,जिल्ला सहसंयोजक राजेन्द्र राई , जिल्ला सदस्य दिपक राई , धरान नगर संयोजक कुमार भारती,सहसंयोजक विजय तामाङ, नेकपा धरान–७ का अध्यक्ष धनकुमार कन्दङ्वालगायतको उपस्थिति रहेको थियो ।

यसैगरी   ३ नं. वडामा जन्जु श्रेष्ठको सकृयतामा १५७ सदस्यीय वडा कमिटी गठन भएको छ ।
 वडा कमिटिमा अध्यक्षमा बिक्रम श्रेष्ट , उपाध्यक्ष रविन राई , सचिव साजन साही , सह सचिव लाले साह ,कोषाध्यक्षमा आस्था भुजेल रहनु भएको छ । 

156023552_3902772193136428_2129202310007227177_o