धरान / धरान उपमहानगरपालिका –३ की आइतीमाया लिम्बुको घर निर्माणका लागि स्थानीय युवाहरुको पहलमा आर्थिक संकलन शुरु गरिएको छ ।
पाँच महिना अघि आगलागी भएर घरवारविहीन भएकी लिम्बुको घर बनाउन आर्थिक संकलन शुरु गरिएको हो ।
धरान ५ का युवा नेता दिपक घिसिङको संयोजकत्वमा आर्थिक संकलन समिति बनाएर अभियान शुरु गरिएको हो । पछिल्लो समय १६ हजार नगद संकलन भएको घिसिङले जानकारी दिनु भयो ।
समितिको सदस्यमा ३ नं. वडाकी जनप्रतिनीधि उषा सुब्बा, समनहोम लावती रहनु भएको छ ।
सहयोग गर्नेहरु जनकपुरधाम निवासी नापी कार्यालय शाखा धरानमा कार्यरत अमिन रामधुलार साह, बलालिगुरास नगरपालिका वडा न ३ निवासी
केशब बराइली, स्थानीइ हेमराज बानिया, चन्द्रबहादुर गुरूङ, रमेश कट्टवाल, सोमा लिम्बुलगायत रहनु भएको छ । आर्थिक समितिका संयोजक लिम्बुले मानवीय सहयोगको लागि सबैलाई अपिल समेत गर्नु भएको छ ।