धरान / इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान ५ बाट प्रतिवन्धित लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
धरान ५ स्थित २६ बर्षीय बलराज घिमिरे र सोही वडाका २८बर्षीय भक्तबहादुर तामाङलाई उनीहरुको कोठाबाट नियन्त्रणमा लिइएको हो ।
निजहरु बसेको उक्त कोठा खानतलासी गर्दा बलराज घिमिरेको डेराकोठामा कार्टुनमा प्याक गरी राखेको त्भभमय(िछण् लेखिएको जम्मा ४१२ क्याप्सुल तथा भक्त बहादुर तामाङको साथबाट त्भभमय(िछण् लेखिएको जम्मा २० ९बिस० क्याप्सुल फेला पारिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
उनीहरुलाई आवश्‍यक कारवाहीको लागि बरामद औषधीसहित मंगलबार औषधी ब्यवस्था बिभाग १ नं प्रदेश कार्यालय बिराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

यसै गरि धरान – ११ बस्ने २१ की कामना तामाङले आफु बस्ने कोठामा लागुऔषध सञ्चय गरी राखेको अवस्थामा सोमबार पक्राउ गरिएको छ । निजको कोठा खानतलासी गर्दा लेवल नखुलेको एम्पुल ९ थान र १० लेखिएको सेतो ट्याबलेट थान १४ समेत बरामद भएको प्रहरीले जनाएको छ ।