धरान / राष्ट्रिय युवा संघ नेपाल धरान उपहानगरले वडाहरुमा कमिटी विस्तारलाई तिब्रता दिएको छ । सोमबार वडा नं ५ को भेला सम्पन्न गरेको छ । भेलाले आकाश सुब्बाको अध्यक्षतामा ४१५ सदस्यीय कमिटी गठन भएको छ ।

समितिको उपाध्यक्ष, सचिव,सहसचिव,कोषाध्यक्ष बिजय योञ्जन, कौशिला राई ,बिजय बिश्वकर्मा, विनिता तामाङ राई रहेकाछन् । कमिटीको सदस्यहरुमा सुकमान लिम्वु, उमेश राई, महेश लिम्वु, प्रकाश लिम्वु सुजन विश्वकर्मालगायत रहेकाछन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सदस्य मुक्साहाङ मेन्याङवोको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य हिमाल लिम्वु,केन्द्रीय सदस्य हरी लिम्वु,जिल्ला सहसंयोजक राजेन्द्र राई , जिल्ला सदस्य दिपक राई , धरान नगर संयोजक कुमार भारती, सहसंयोजक विजय तामाङ, नेकपा सुनसरी जिल्ला कमिटी सदस्य चेतना श्रेङ,नेकपा धरान नगर सदस्य व्रम्हज्ञ भट्टराईलगायतको उपस्थितिमा भेला गरिएको युवा नेता दिपक घिसिङले जानकारी दिनु भयो ।
यस अघि युवा संघको २, ८, ११, १५, १७, १८, १९ र २० नं वडाको कमिटी गठन भइसकेको जिल्ला सह संयोजक राजेन्द्र राईले जानकारी दिनुभयो ।youth