धरान । हाल अमेरिकामा बसेर नेपाली गीत - संगीतमा निरन्तर उत्कृस्ट गीत- संगीतहरु दिईरहेका गीतकार /संगीतकार उमेश रेग्मीले आफ्नो अर्को सौगात गायक रामकृष्ण ढकालको स्वरमा  म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् ।

आफ्नै गोत्र इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको  "सानु मेरो याद आयो भने " बोलको गीतको संगीत संयोजन महाराज थापाले गरेका छन् भने युबराज वाइबाको निर्देशन , निशाल पौडेलको छायांकन  र बिकाश दाहालको सम्पादन रहेको छ।

साक्षी लम्साल , प्रेम कुमार श्रेष्ठ र गायक रामकृष्ण ढकाल स्वयंको अभिनयले  गीत संगै भिडियोलाई पूर्ण बनाईदिएको  छ।sanu2 copy

इनरुवाका स्थायी बासिन्दा गीतकार /संगीतकार उमेश रेग्मीले २०६५ साल ताका नै सुनसरी - इनरुवा र उमेश नामको दुई एल्बम आफ्नै स्वर तथा सब्द संगीतमा निकालिसकेका छन्। संगीतलाई आफ्नो शौक मान्ने उमेशले अमेरिकाको बसाइ पछि भने बिगत दुई बर्ष देखि निरन्तर आफ्नो शब्द - संगीत मा  दीप श्रेष्ठ , रामकृष्ण ढकाल , अन्जु पन्त , शिब परियार , बिस्व नेपाली , टिका प्रसाई , संजिवनी,  नबिन राहपल , राज पौडेल , विवेक श्रेष्ठ लगायतका नयाँ देखि अग्रज गायक -गायिकाहरुको स्वर रेकर्ड गरिसकेका छन् भने भविष्यमा  अझ उत्कृस्ट गीत- संगीत पस्कने कोशिस जारी राख्ने बताउंछन्। 

सानु गीतको भिडियो लिंक :