जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नेता तथा प्रेस संघसंगठन इन्चार्ज योगेश भट्टराईले प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने दाबी गर्नु भएको छ ।
प्रेस संगठन नेपाल प्रदेश २ ले जनकपुरमा आइतबार आयोजना गरेको प्रदेश २ स्तरीय भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले बताउनु भएको छ ।
प्रतिनिधिसभाले संविधानतः संविधानमाथि गलत हस्तक्षेप गर्ने, प्रतिमगन तिर जाने, असंवैधानिक कदम चाल्ने, मुलुकलाई एउटा राजनीतिक अस्थिरता तिर धकेल्ने, तीन करोड नेपाली जनताको भाग्य र भविष्यमाथि बन्चारो प्रहार गर्ने त्यस्ता एक जना व्यक्तिगत महत्वकांक्षाका व्यक्ति केपी ओलीको , सन्की निर्णय अव प्रतिनीधि सभाले ट्ङ्गो लगाउने छ ।’–पूर्व पर्यटन मन्त्रसिमेत रहेका नेता भट्टराईले भन्नु भयो ।
सर्वोच्चले सरकारको निर्णय बदर गरिसकेको अवस्थामा प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने उहाँको भनाई थियो ।
आफूहरु भएको पार्टी एकता पक्षमा भएको तर ओली विभाजनको पक्षमा रहेको समेत बताउनुभ भयो । ‘केपी ओली जुन ठाउँमा उभिनुभएको छ, त्यो विभाजनको पक्ष हो,’ उनले भने,‘हामी जुन ठाउँमा छौं, त्यो एकताको पक्ष हो। हाम्रो एकता पार्टी एकता मात्र होइन, हाम्रो देश कम्युनिस्ट आन्दोलनको एकतासँग जोडिएको छ।’–नेता भट्टराईले भन्नु भयो ।
भेलामा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा प्रेस संगठन नपालका सह इञ्चार्ज विष्णु रिमाल, सह इञ्चार्ज तथा केन्द्रिय सदस्य ओम शर्मा, संगठनका संयाेजक महेश्वर दाहाल पूर्व अध्यक्षहरु शम्भु श्रेष्ठ, गगन विष्ट, स‌गठनका महासचिव राजेश राईलगायतले संगठनका बारेमा भेलालाई सम्बोधन गर्नु भएको थियो ।