धरान / धरान १५ पुष्पलाल मार्गस्थित विग फटसलमा क्या. भीमबहादुर ब्याडमिण्टन स्पोर्टस लिग प्रतियोगिता सम्पन्न भएको छ ।
गत फागुन ९ गतेदेखि शुरु भएको खेल शनिवार समापन गरिएको छ । प्रतियोगिताको उपाधी ‘योगेन राई र रामचन्द्र राईको टिमले हात पारेको छ ।155780492_800001030926179_8777420828575325620_n

विकास श्रेष्ठ र एलबी लिम्बूको समुहलाई २१–८ र २५–२३ को सोझो सेटमा हराउँदै योगेन र रामचन्द्रको समुहले उपाधी हात पारेको हो । योगेन धरानका पुराना खेलाडी हुनुहुन्छ । विजेता टिमले ट्रफी, १२ पसि सटल र २ थान जर्सी प्राप्त गर्नु भएको छ । उपविजेता टिमले ६ पसि सटल प्राप्त गरेका छन् । ट्रफी तथा सटल क्याप्टेन भीमबहादुर लिम्बूले हस्तान्तरण गर्नु भएको थियो ।

प्रतियोगितामा स्थानीय १८ वटा समुहले सभागीता जनाएको थियो । खेलकोमाध्यमबाट स्वास्थ्य रहन क्या. भीमबहादुर लिम्बुले उहाँको जग्गामा आफ्नै लगानीमा कोर्ट निर्माण गर्नु भएको हो । खेलाडीहरुलाई प्रोत्सोहान गर्न प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक योगेन राईले जानकारी दिनुभयो ।batminton3

प्रत्येक दुई महिनामा प्रतियोगिता सञचालन गरिने आयोजकले जनाएको छ । संयोजक राईका अनुसार दोस्रो प्रतियोगिताका लागि क्या. ललित लिम्बूले सम्पूर्ण खेलाडीलाई एक, एक थान जर्सी प्रदान गर्नु हुने भएको छ । यस्तै जेबी स्टिल इण्डस्ट्रिज प्रालिका सञचालक जनक बस्नेतले ४ वटा नेटपोस्ट सहयोग गर्ने बताउनु भएको छ ।

प्रतियोगितामा क्या.भीमबहादुर लिम्बू, क्या। ललित लिम्बू, किशोरकुमार कार्की, गंगाबहादुर राई, देवेन्द्र कार्की, तीर्थ माझी, योगेन राई, एलबी लिम्बू, जनक बस्नेत, संजय शर्मा, विकाश श्रेष्ठ, रामचन्द्र राई, राजु थापा, राजु रनपहेली, तारामान राई, तेजबहादुर लिम्बू, सुमन श्रेष्ठ, विनेश राईलगायतको सहभागिता थियो ।batmilton1 batmilton