मोरङ / मोरङ बस यातायात संघमा धनकुमार तामाङ अध्यक्षमा निर्बिरोध निर्बाचित भएका छ्न । सनिवार संघको कार्यलय पथरी मोरङमा भएको २१ औ साधरण सभाबाट  उपाध्यक्षमा  दिपेन्द्र धिमाल ,कोषाध्यक्ष भोजराज श्रेष्ठ निर्बिरोध निर्बाचित भएका छ्न। यस्तै सचिवमा  २७ मत ल्याइ शंकर गुरुङ निर्बाचित भएका छ्न । उनका प्रतिद्वन्दी वीरेन्द्रराज प्रसाईंले १२ मत ल्याएका थिए ।  सहसचिवमा गणेश दाहालले २३ मत बिजयी भए । उनका प्रतिद्वन्दी दिपेन्द्र बस्नेत ले १६ मत ल्याएका थिए । ११ सदस्यीय कार्यसमिति रहेको संघको पहिलो बैठकबाट अन्य सदस्यहरुको टुंगो लगाउने नब निर्बाचित अध्यक्ष धनकुमार तामङले बताए । कार्यक्रममा बासुकी बस कम्पनीका सन्चालक भिम बस्नेतको प्रमुख आतिथ्य रहेका थिए । दिपेन्द्र धिमालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सन्चालन वीरेन्द्रराज प्रसाईंले गरेका थिए । यातायात ब्याबसायी र मजदुरहरु मिलेर स‌‍चालन  गरिएको मोरङ बस यातायातसंघ नेपालको पहिलो र उदाहरणीय संघका रुपमा रहेकाे प्रेमबहादुर राईले बताए । यो संघबाट मोरङ विभिन्न स्थानबाट दिबा तथा रात्रि गरि २ दर्जन बस सन्चालन गरिरहेको छ । डेढसय भन्दा बढी मजदुरहरुले रोजगार पाइरहेको अध्यक्ष तामाङले बताए ।