इटहरी । प्रेस संंगठन नेपाल प्रदेश १ को इटहरीमा शनिबार ऐतिहासिक दोश्रो भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य तथा प्रेस संगठन इञ्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यता भएको भेलाले नौ बुँधे घोषणा पत्र जारी समेत जारी गरेको छ ।


पत्रकारहरुको एकमात्र अब्बल संगठन निर्माण गर्नु पर्ने आजको आवश्यकता रहेको बताउँदै प्रमुख अथिति भट्टराईले आफ्नो पार्टीको सरकार बनेपछि प्रेस स्वतन्त्रतामा कुनै किसिमको अंकुश नलगाईने बताउनु भएको छ ।
पूर्व पर्यटन मन्त्रीसमेत रहनु भएका भट्टराईले नेपालको श्रमजीवी पत्रकारहरुको साझा मञ्चका रुपमा प्रेस संगठनको निर्माण भइरहेको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधब समुहका स्थायी कमिटी सदस्य तथा सञ्चार विभाग प्रमुख योगेश भट्टराईले संसदको बैठकसँगै नयाँ सरकार बनेपनि मुलुकबाट ओलीवाद पतन हुने बताएका छन् ।

154751306_418910959214047_4417088097514364868_n नेता भट्टराईले नयाँ सरकार प्रतिगमनका विरुद्धमा उभिने र नेकपाको नेतृत्वमा नै बन्ने दावी समेत गर्नु भयो ।
प्रेस संंगठन नेकपाको भातृसंंगठन भएकाले नेकपाको कार्यदिशा जनताको जनवाद भएको र त्यसलाई कार्यान्वयन गर्न कलम चलाउनु पर्नेमा पनि भट्टराईले जोड दिनुभयो ।
उहाँले देशमा ओलीवादको अन्त्य समयको आवश्यकता रहेको बताउँदै केपी ओलीले जनताको बहुदलीय जनवादको दुरुपयोग गरेको आरोपसमेत लगाउनु भयो ।
कार्यक्रममा बोल्दै प्रेस संंगठन नेपालका संंयोजक महेश्वर दाहालले इमान्दारीताका साथ कलम चलाउनेहरुको साझा संगठनका रुपमा आफुहरुले नेतृत्व गरेको संंगठनमात्र रहेको दावि गर्नु भयो ।
संंगठनको १ नम्बर प्रदेश संयोजक देबेन्द्र कार्कीको अध्यक्षतामा भएको भेलामा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा सह इञ्चार्ज विष्णु रिमाल, सह इञ्चार्ज तथा केन्द्रिय सदस्य ओम शर्मा, संगठनका संयोजक महेश्वर दाहाल, नेकपा प्रदेश अध्यक्ष घनेन्द्र बस्नेत, संगठनका पूर्व अध्यक्षहरु शम्भु श्रेष्ठ, बालकृष्ण चापागाई, गगन विष्ट, स‌गठनका महासचिव राजेश राईलगायतले संगठनका बारेमा भेलालाई सम्बोधन गर्नु भएको थियो ।
प्रदेश नम्बर १ मा रहेको १४ वटा जिल्लाबाट करिब ५ सय जना पत्रकारहरुको उपस्थितिमा भएको थियो । भेलामा प्रदेश कमिटीको सपथ समेत गराइएको थियो । भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी निर्णय उल्ट्याउँदै सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने भनि गरेको ऐतिहासिक फैसलाले स्वागत गर्दै लोकतन्त्र र संविधानको रक्षा गरेको ठहर गरेको छ ।

150932421_178933847086382_8766462166742662034_n
घोषणा पत्र
१) प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी निर्णय उल्ट्याउँदै सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने भनि गरेको ऐतिहासिक फैसलाको यो भेला स्वागत गर्दै लोकतन्त्र र संविधानको रक्षा गरेको ठहर गर्दछ ।

२) प्रेस तथा अभिव्यक्ति स्तन्त्रता नियन्त्रण गर्ने उदेश्यले सरकारले ल्याउने तयारी गरेको सामाजिक सञ्जाल नियन्त्रण सम्बन्धि निर्देशिका नल्याउन यो भेला जोडदार माग गर्दछ ।

३) प्रेस काउन्सिल नेपाल, प्रादेशिक आमसञ्चार प्रतिष्ठान जस्ता संस्थालाई सरकारी गुटको अखडा बनाएकोमा यो भेला आपत्ति प्रकट गर्दछ ।

४) सरकारले गरेका पुस ५ गते पछिका सबै नियुक्ति र निर्णय अवैधानिक ठहर गर्दै बदर गर्न माग गर्दछ ।

५) प्रतिनिधिसभामा विचाराधिन मिडिया काउन्सिल विधेयकका प्रेस विरोधी प्रावधान संसोधन गर्दै पारित गर्न माग गर्दछ ।

६) सञ्चारमाध्यम तथा पत्रकारका सबै काम संघीयताको मर्म र भावना अनुसार प्रदेश स्तरमै हुने व्यवस्था गर्न जोडदार माग गर्दछ ।

७) संविधानको मौलिक हक विपरित अनलाइन मिडिया नवीकरण नहुँदा खारेज गर्ने प्रावधान तत्काल हटाउन यो भेला माग गर्दछ ।

८) समानुपातिक विज्ञापन नीति तत्काल लागू गर्न माग गर्दछ ।

९) तीन तहको श्रमजिवी ऐन निर्माण गरी लागु गर्न माग गर्दछ ।

२०७७ फागुन १५

1 2 (3) 3 (1) 1 150932421_178933847086382_8766462166742662034_n 153072774_1949967398491328_8839918749362879266_n 154463741_261599738743362_966720295628419761_n 150134658_3911661995560176_4406999077341670904_n dev