धरान / आर्थिक अवस्था कमजोर भएकी धरान–१७ स्थित रेल्वकी एकल महिला जानुका विकको घर निर्माणका लागि सहयोग स्वरुप देवेन्द्र कार्कीले रु. ५ हजार ५१ सहयोग गर्नु भएको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग विशेषज्ञ डा. अरुणकुमार सिंहले लेखेको कार्कीले सम्पादन गरेको ‘बालबालिकाको डाक्टर साथी’ पुस्तक प्रकाशन गरि विक्रि वापतको सो रकम हस्तान्तरण गरिएको हो ।
प्रेस संगठन नेपालका प्रदेश १ संयोजकसमेत रहेका पत्रकार कार्कीले जानुका विकको घर निर्माण स्थलमा पुगेर सो रकम हस्तान्तरण गर्नु भएको हो । बाल स्वास्थ्य सम्बन्धि जानकारीमुलक पुस्तक विक्रिबाट आएको रकम मध्य उहाँले विपन्न परिवारका बालबालिकाहरुको उपचारका लागि आमचोक सरोकार समाज सुनसरीको नाममा रु. ५० हजारको कोषसमेत राख्ने बताउनु भएको छ ।
१७ नं. वडाध्यक्ष मनोज भट्टराई र पत्रकार जनकऋषि राईको पहलमा जानुका विकको घर निर्माण भइरहेको छ । हालसम्म ६० प्रतिशत निर्माणको काम सम्पन्न भएको पत्रकार राईले जानकारी दिनुभयो । दाताहरुको सहयोगमा विकको घर निर्माण गरिएको हो ।