धरान / धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरान–२० स्थित निर्माण हुँदैं गरेको शौचालयको विषयमा समाचार प्रकाशित गरेको विषयमाआपति जनाउनुभएको छ ।
उहाँले विहीबार आकस्मिक पत्रकार सम्मेलन गरि समाचार प्रकाशन भएजस्तो आफुले मनपरी नगरेको प्रष्टीकरण दिनुभयो ।
बिहिबार धरानबाट प्रकाशित एक दैनिक पत्रिकामा कोशी राजमार्ग अन्तर्गत धरान भेडेटार सडक खण्डमा बनाउनुपर्ने शौचालय धरान २० स्थित ओशो आश्रम क्षेत्रको खानेपानीको स्रोतमाथि बनाउन लागिएको विषयमा समाचार प्रकासित भएको थियो ।

मेयर राईले कोशी राजमार्गको धरान १३, शिवधारा क्षेत्रमा रिफ्रेसमेन्ट अवधारणामा व्यवस्थित शौचालय बनाउने योजना भए पनि जग्गा उपलब्ध हुन नसकेपछि बजेट फ्रिज हुन नदिन स्थानीयसँगको सहमतिमा नै धरान २० स्थित ओशो आश्रम क्षेत्रमा उक्त योजना लगिएको स्पष्ट पार्नु भएको छ । बजेट फ्रिज हुन नदिनलाई वीपी स्मृति पार्क, ओशो आश्रम क्षेत्रमा योजना लगिएको मेयर राईले बताउनुभएको छ ।

मेयर राईले ओशो आश्रमको अव्यवस्थित शौचालयलाई व्यवस्थित गर्ने गरि सहमति गरेर निर्माण कार्य शुरु गरेको दावी व्यवस्थित शौचालय बन्न लागेकाले यस खानेपानीश्रोतलाई कुनै असर नगर्ने उहाँको भनाई थियो ।

ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास बोर्डबाट धरानको लागि २ वटा शौचालयको योजना स्वीकृत भएको थियो । त्यसमध्ये एउटा योजना शिवधारा क्षेत्रमा बनाउने भन्ने थियो भने अर्को पब्लिक हाई स्कुलको मैदान क्षेत्रमा बनाउने योजना भएको बताइएको छ । तर उक्त शिवधाराको योजना विपी पार्क लगिएको हो ।