धरान / सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नंं ५ भलुवाचौरीस्थित मुसहर बस्तीका दुई सय बालबालिकाहरुलाई टिसर्ट वितरण गरिएको छ ।
विजयपुर खवर डटकमको संयोजनमा धरानका समाजसेवी विना गुरुङ, शुक्रमाया गुरुङ, कृष्ण खातीको सहयोगमा ३९ विपन्न परिवारका दुई सय बालबालिकाहरुलाई आइतबार  टिसर्ट बाडिएको हो ।

IMG_1989
३९ घर परिवारलाई ब्लाङ्केटसमेत वितरण गरिएको थियो । आइतबार वडाध्यक्ष राजु अधिकारी र स्थानीयवासी राजेन्द्र चौधरीको रोहवरमा उक्त सामाग्री वितरण गरिएको विजयपुर खवर डटकमका सह–सम्पादक कुवेर गुरुङले जानकारी दिनुभयो । सो क्षेत्रका बालबालिकालाई केही राहत होस भनेर व्यक्तिगत रकम उठाएर टिसर्ट र ब्लाङ्केट वितरण गरिएको उहाँले जानकारी दिनुभयो । सेउती खोलाको नजिक ऐलानी जग्गामा ४० घर परिवार सरदारहरुको बसोवास रहेको छ । त्यस क्षेत्रमा बस्ने सरदार परिवारलाई ओड्ने आछ्याउनेलुगासमेत नहुदा हिँउदको समयमा घुर तापेर रात कटाउने अवस्था रहेको स्थानीय कविता सरदारले बताउनु भयो । उहाँकै अनुरोधमा विजयपुर खवर टिमको सकृयतामा उक्त सामाग्री वितरण गरिएको हो ।
सो क्षेत्रका बालबालिकाहरुमा स्वास्थ्य समस्यासमेत देखिएकाले विजयपुर खवरको पहलमा ती बालबालिकाहरुको स्वास्थ्य परीक्षणका लागि चाढै शिविरसमेत राखिने विजयपुर खवरका सम्पादक तथा प्रेस संगठन नेपालका प्रदेश संयोजक देवेन्द्र कार्कीले जानकारी दिनु भयो ।

IMG_1966 153540094_521296269275757_8613811469661426929_n 153525313_798848277387717_3977232866859664885_n 152457565_1601110263413972_3073641334292917879_n