धरान / एउटा नगर प्रमृुखले सुझवुझपुर्ण काम नगरी दिदा नगरवासीले कसरी दुख खेप्नु पर्छ भन्ने सानो उदाहरण अहिले धरान उपमहानगरपालिकामा देखिएको छ । नगरप्रमुखले सकृयताका साथ समस्या समाधानमा नलागि दिदा खानेपानकिो समस्याले उग्ररुप मात्र लिएको छैन् एक महिना अघि तोकिएको नगर सभा नै बसन सकेन ।
वजेटको हिसावले नेपालकै सवै भन्दा ठूलो मेलम्ची खानेपानी योजना पछिको दोश्रोमा आउने धरानको एकिकृत खानेपानी योजना हो । झण्डै अढाई अर्व रुपैया खर्च भएको धरानको खानेपानी योजना गत वर्ष नै सम्पन्न भइ सकेको छ । तर धरान खानेपानी व्यवस्थापन वोर्डका अध्यक्ष समेत रहनु भएका नगर प्रमुख तिलक राईले खानेपानी संस्थालाई वोर्डमा गाभ्न नसक्दा महिनामा ढेड करोड रुपैया प्रत्यक्ष घाटा त भएकै छ जनताले पानी पनि खान नपाएर छटपटिन थालेका छन ।

एकमहिना अघि सोमबार तोकिएको नगरसभा यही पानी विवादले हुन सकेन । पानी नपाएर काकाकुल भएका धरानवासीले उपमहानगरपालिका घेराउ गरे । पानीको विषय नटुङगाएसम्म नगरसभा गर्न नदिने उनीहरुले अडान कसे ।
एशियाली विकाश वैकको क्रण सहयोगमा शहरी विकाश परियोजना अन्तर्गत ५ वर्ष अधि धरानमा शुरु भएको खानेपानीको परियोजना सम्पन्न भएको एक वर्ष विति सकेको छ । परियोजना सम्पन्न गरेर ठेकेदार, कन्सल्टेन्ट कम्पनीले आयोजना स्थल छाडीसकेका छन । हालसम्म धरानमा खानेपानी संस्थानले पानी खुवाउदै आएको छ । तर अव भने नगर प्रमुख अध्यक्ष रहेको धरान खानेपानी व्यवस्थापन वोर्डले खानेपानी संस्थानको सम्पुर्ण सम्पती तथा दायित्व हस्तान्तरण गरी आफैले सचालन गर्नु भनि मन्त्री परिषदको निर्णय अनुसार खानेपानी मन्त्रालयले स्विकृति पनि दिई सकेको छ । तर खानेपानी परियोजनामा केही राजनीतिक दलहरुका नेताको संलग्नतामा व्यापक भ्रष्टचार भएको आम नागरिकको गुनासो आए पछि बोर्डका अध्यक्ष राईले परियोजनालाई मर्ज गर्न खुट्टा कमाइरहेको स्थानीय बताउछन् । जसको कारण खानेपानी संस्थाले पानी वेचर आम्दानी गर्दै आएको मासिक एक करोड त गुमाएकै छ परियोजनाको क्रण प्रतिमहिना ५० लाख पनि तिर्नु पर्दाप्रति महिना ढेड करोड रुपैया घाटा व्यहोरी रहेको कुरा वोर्डका सदस्य देवराज श्रेष्ठले बताउनु भयो ।
हाल धरानमा वितरण भईरहेको पानीको पाईप लाइन र पानीका श्रोतहरु खानेपानी संस्थान र धरान खानेपानी व्यवस्थापन वोर्डले आआफनै ढगले प्रयोग गरी रहेकोले कतै पानीको छेलोखेलो छ भने कतै पानी नै नआउदा नगरवासीले ठूलो सास्ती खेप्नु परेको नागरिक समाजका अगुवा महेश श्रेष्ठले आक्रोश व्यक्त गर्नु भयो । तर नगर प्रमुखले वोर्डलाई पनि अनिर्णयको वन्दी वनाउदा वोर्ड र खानेपानीका कर्मचारीलाई भने झनै ठूलो समस्या परेको खानेपानी धरानका इन्जिनियर रामकुमार श्रेष्ठ वताउनुहुन्छ । परियोजना सम्पन्न हुन एक वर्ष अधि नै खानेपानी संस्थानवाट सम्पति दायित्व लिएर वोर्डले सचालन गर्न थाल्नु पर्ने परियोजन एक वर्ष विति सक्दा पनि लिन नसकेको विषयमा आइतबार वसेको नगर समितिको भेलामा सदस्यहरुले नगर प्रमुृखको घोर विरोधसमेत गर्नु भयो ।
यदि नगर प्रमुृखले वोर्ड चलाउने हुति छैन भने म चलाएर देखाउछु भनि नेकपाबाट विजयी उपमेयर मन्जु भण्डारीले टेवल ठोक्नु भयो । खानेपानी संस्थानलाई वोर्डमा हस्तान्तरण गर्न ढिलाई गर्नमा नगर प्रमुख राई नै मुख्य वाधक भएको उहाँको भनाई थियो । स्मरण रहोस उप निर्वाचनमा अगाडी हालका मेयर राईको नेतृत्वमा खानेपानी संस्थानलाई वोर्डमा नवुझाउन भनि तत्कालिन नगर पालिकाकी उप प्रमुख मन्जु भण्डारी समक्ष नेपाली काँग्रेसको तर्फवाट ज्ञापनपत्र वुझाउन नारा जुलुससहित उपमहानगरपालिका पुग्नु भइको थियो । अहिले उनै नगर पालिकाका नगर प्रमुख भए पछि संस्थानलाई वोर्डमा गाभ्न अप्ठयारो भईरहेको नेपाली काग्रेसका एक वडाध्यक्ष वताउछन ।
चोर वाटो वाट १७ कर्मचारी नियुक्त्ति
खानेपानी संस्थानवाट सम्पती दायित्व र कर्मचारी समायोजन गर्न नसकेर पानी वितरण कार्य अलपत्र पारेको अवस्थामा नगर प्रमुख राईले भने चोर वाटोवाट सुटुक्क १६ जना कर्मचारी भने भर्ना गर्नु भएको सार्वजनिक भएको छ ।
विना प्रतिस्पर्धा लिइएको कर्मचारीहरुमा नेपाली काग्रेस सम्वद्ध जुनियर ईन्जिनियर पदमा सुसन थापा,कम्प्युटर अपरेटर सगिता राई,मुना विश्वकर्मा, ईलेक्ट्रिसियन चुडामणी गुरागाई,सुपरभाईजरमा तेजराज राई सिनियर प्लम्वरमा ईश्वरी प्रसाद पोखे्रल,स्टोर किपरमा प्रविण तामाड,पम्प अपरेटरमा आकाश राई अमर सुवेदि र लोकमणी श्रेष्ठ मिटर रिडरमा कृष्ण राई ,सफल भट्रराई ,राजीव श्रेष्ठ र ईश्वर विक चौकिदारमा अनिस कटुवाल र सुवास तामाड तथा कार्यालय सहयोगीमा चम्पा लिम्वु रहनु भएको छ ।
वोर्र्ड वैठकलाई समेत वाईपास गरी विना प्रतिस्पर्धा एकै पटक १७ जना प्राविधिक कर्मचारी करारमा लिए पछि नगर प्रमुखको सर्वत्र विरोध हुन थालेको छ । “विना छलफल विनाविधि प्रकृया कर्मचारी भर्ना गरीनु भनेको सरासर गलत हो यसको हामी घोर विरोध गर्छौ भन्छन जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुव लिम्वुले बताउनु भयो । नेकपा धरानका ईन्चार्ज चोत्लुडले भन्नु भयो, “वोर्डको कर्मचारी नियमावली वनिसकेको र लोकसेवावाट स्वीकृत पनि भईसकेको अवस्थामा हतारमा चोर वाटो वाट नियुतिm गरिनु गलत हो । उहाँभन्नु हुन्छ–‘सस्थानसँगको सहमती अनुसार पनि पहिला देखि गर्नेलाई निरन्तरता, त्यस पछि संस्थानका कर्मचारीको समायोजन र त्यस पछिमात्र खुल्ला प्रतिस्पर्धावाट कर्मचारी नियुतिm गर्नु पर्ने छ । तर यसरी हचुवाको भरमा कर्मचारी भर्ना गर्न मिल्दैन ।’ यता नेपाली काग्रेस धरान नगर सचिव समेत रहेका वोर्डका सदस्य श्याम पोखे्रल पहिला पनि त्यसरी नै मान्छे राखिएको रहेछ त्यसैले अहिले पनि अध्यक्षले त्यसरी नै राखेको बताउनु हुन्छ ।

खानेपानी व्यवस्थापन वोर्ड ऐन २०६३को व्यवस्था अनुसार गठन भएको खानेपानी व्यवस्थापन वोर्डको कर्मचारी प्रशासन नियमावली वनेर लोकसेवा आयोगवाट समेत स्विकृत भई सकेको छ । सो नियामावली अनुसार खानेपानी संस्थानवाट समायोजन भई आउने कर्मचारीहरुको व्यवस्थापन भई सके पछि मात्र अपुग कर्मचारीहरुको खुल्ला प्रतिस्पर्धावाट भर्ना लिनु पर्ने प्रावधान रहेको आयोजनाका कार्यकारी प्रमुख राजु पोख्रेलले बताउनु भयो । पानी खुवाउन नसक्ने संस्थानको विज्ञप्ती
खानेपानी संस्थान धरानले आइतवार एक विज्ञप्ती प्रकाशित गर्दै युएडिपीको परियोजनाका कारण पानी लिकेज भएको थाहा नहुने गरेकोले एक दिन विराएर पनि खानेपानी वितरण व्यवस्थि गर्न नसक्ने जनाएको थियो । यो विज्ञप्ती आएकै दिन वोर्डको तर्फवाट आकस्मिक पत्रकार सम्मेलन गरी सो विज्ञप्ती प्रति आपति जनाएको छ । अहिलेसम्म खानेपानी वितरणको जिम्मा लिएर महसुल पनि उठाउदेै आएको संस्थानले पानी खुवाउन सक्दिन भनेर विज्ञप्ती निकाल्नु गैरजिम्मेवारी कुरा हो भन्दैं आयोजना प्रमुख पोखरेलले पत्रकार सम्मेलन गर्नु भएको थियो । यसै वीच आइतवार वसेको धरान उपमहानगरपालिकाको नगर समिति वैठकमा सदस्यहरुले नगर प्रमुखको कारण धरानमा पानीको कृतिम अभाव भएको भन्दै सम्पुर्ण नगरवासीहरुलाई रितो गाग्री वोकेर नगरसभामा आउन आव्हान गरेका थिए । सोही अनुसार सोमबार नगरसभा स्थल बाहिर स्थानीयवासीले चर्कोनारावाजी गदैं नगरसभा गर्न अवरोध गरेका थिए ।
खानेपानी पानीको मुद्वाले नगरसभा भएन फागुन २१ लाई सारियाे
खानेपानीको माग तथा खानेपानी संस्थानलाई मर्ज गर्नुपर्ने भन्दै घेराउ र नाराबाजी भएपछि झण्डै ३ घण्टा ढिला गरि शुरुभएको नगर सभा स्थगित भएको छ । प्रमुख अतिथि एवं प्रदेश सभामुख प्रदिप भण्डारीले उद्घाटन गरेर २ जनाको मन्तव्य पछि फागुन २१ गतेसम्मको लागि सभाको बैठक स्थगित गरिएको नगर कार्यपालिकाका प्रवक्ता मणिराम राईले जानकारी दिनुभयो ।

खानेपानीको एजेण्डाले आइतबारको कार्यपालिका बैठकमा पनि अध्यक्षहरुले मेयरसँग चर्को असन्तुष्टी पोखेका थिए । जसले गर्दा बैठक नै बस्न सकेन । बैठकमा खानेपानीको बिषयलाई टुंगो नलगाउदासम्म बैठक चल्न सक्दैन भन्दै अध्यक्षहरुले विरोध गर्नु भएको थियो । यसविषयमा १६ नं। र ९ नं।का वडाध्यक्षहरुले कडा विरोध गर्नु भएको थियो ।