धरान / नेपाल खानेपानी संस्थान, धरान शाखाको खानेपानी आपूर्ति सम्बन्धी निकालिएको विज्ञप्तीबारे धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापन बोर्ड बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
धरान नगर क्षेत्रमा पानीको सहज आपूर्तिका लागि उपमहानगरपालिकाले निमार्ण गरेको एकिकृत शहरी विकास आयोजनाले नेपाल खानेपानी संस्थानसँग आयोजनाको शुरुवात देखिनै सहकार्य गरि कार्य गरेको र सम्पूर्ण निमार्णको जानकारी समेत गराएको अवस्थामा संस्थानले गैरीजिम्मेवारपूर्ण काम गरेको भन्दैं आइतबार पत्रकार सम्मेलन गरि बोर्डले आपति जनाएको हो ।
खानेपानीको चरम अभाव खेपिरहेको धरानबासीहरुलाई यसको दोष धरान खानेपानी व्यवस्थापन बोर्डलाई लगाएर उम्कन खोजेको भन्दै बोर्डले आपत्ति प्रकट गरेको हो । संस्थानका धरान शाखा प्रमुख रामकुमार श्रेष्ठले आइतबार बोर्डले जानकारी नदिई इन्टरकनेक्सन गरेकोले खानेपानी व्यवस्थित हुन नसक्ने र एक संस्थाबाट मात्र पानी वितरणको प्रक्रिया अघि नबढेसम्म दिन विराएर पनि खानेपानी आपूर्ति गर्न सहज नहुने भनेर विज्ञप्ति जारी गरेको थियो ।

बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले आयोजनाले शुरुवातदेखि नै संस्थानसँग सहकार्य गरेको दावी गरेका छन् । साथै, संस्थानले हालसम्म धरानबासीहरुसँग महशुल उठाइरहेकोले महशुल लिएका ग्राहकहरुलाई खानेपानी पुर्याउने जिम्मेवारी संस्थानकै भएको पनि पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

संस्थानले नै विगत २२ बर्षदेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत पानी वितरणको संरचना सञ्चालन गरिरहेकोले उक्त दायित्व लिनको लागि प्रतिष्ठानको स्वामित्वमा रहेको खानेपानीको संरचनाको यथार्थ विवरण पेश गर्न समिति गठन भइ काम भइरहेको बोर्डले स्पष्ट पारेको छ । स्थलगत निरीक्षणको क्रममा संरचनाहरु बिग्रिएर उत्पादनमा समस्या देखा परेको र थुप्रै संरचनाहरु मर्मत गर्नुपर्ने भएकोले ती संरचनाहरु दुरुस्त गरेर प्रतिष्ठनलाई बुझाउन बाँकी नै छ ।

‘पानीको महशुल काउन्टर बन्द गरी हस्तान्तरण प्रक्रिया सहज बनाउन उपमहानगरपालिका तथा बोर्डले गरेको अनुरोधलाई बेवास्ता गरी पानी आपूर्ति गर्न असहज हुने भनि विज्ञप्ती निकाल्नु आफ्नो जिम्मेवारीबाट पन्छिने वहाना मात्र भएको बोर्डको ठहर रहेको छ ।’–बोर्डलेजारी गरिेको विज्ञप्तिमा भनिएको छ । हस्तान्तरणका सम्बन्धमा उपमहानगरपालिका र प्रतिष्ठानप्रति उत्तरदायी बन्न संस्थानलाई बोर्डले आग्रहसमेत गरेको छ ।

khanepani board_1613925346