धरान / धरानमै पहिलो पटक मास्टरक्लास ९० मिनेटसम्म ननस्टप जुम्बा फिटनेस कक्षा भएको छ । धरान फिटनेस क्लबको आयोजनामा होटल इजि राईडर्सको हलमा शनिबार सम्पन्न भएको उक्त जुम्बामा धरानका युवाहरूको उल्लेख्य सहभागतिा रहेको थियो ।
धरानेहरुलाई काठमाडौवाट आएका जुम्बा प्रशिक्षक जिन दिलिप स्वडले निरन्तर ९० मिनेट जुम्वा फिटनेस डान्स गराएका थिए । स्वस्थ्य र सामाजिक कार्यलाई एकसाथ जोडेर आयोजना गरिएको कार्यक्रममा करिव पाच सय जना जुम्वा क्रेजि तथा सामाजिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
जुम्वा एक प्रकारको डान्सिङ एक्सरसाइज हो । जुम्वा एरोविकको माध्यमवाट फिट रहन तथा स्वास्थ्यको महत्व वुझाउन पनि यस खालको ९० मिनट जुम्वाको आयोजना गरिएको आयोजक धरान फिटनेस क्लवका निर्देशक तथा प्रशिक्षक कविर भगतले जानकारी दिए । विशेष गरेर चालिस वर्ष कटेपछि मानिसलाई रोगले च्याप्ने सम्भावना वढि हुने हुनाले कार्यक्रममा विशेष गरेर ४० वर्ष माथिकाहरुलाई समावेस गराइएकोे पनि उनले जनाए ।
कार्यक्रममा प्रशिक्षक रेखा गुरूङ, बबिता मगर, रोस्नि लिम्बु, प्रतिमा आले, नुमा लिम्फाङ्वा र एन्जल तामाङले पनि सहभागिलाई जुम्वा गराएका थिए । जुम्वा डान्समा महिला पुरुष दुवैले सहभागिता जनाएका थिए । सोहि कार्यक्रममा तिन दिने जुम्वा प्रशिक्षक प्रशिक्षणमा सहभागि सपना लिम्वु, मिरा धमला, युनि प्रधान, र रेखा गुरुङ गरि चार जनालाई जुम्वा प्रशिक्षक लाइसेन्स प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।
जुम्वासंगै कार्यक्रमलाई सामाजिक कार्यसंग जोड्नका लागि कार्यक्रमवाट उठेको ३० हजार रुपैया मजदुर पुण्य प्याकुरेलको घर निर्माण कार्यको लागि सहयोग गर्ने आयोजक क्लवका एरोविक प्रशिक्षक रेखा गुरुङले जानकारी दिईन ।
कार्यक्रममा मिस प्लस टु विजेता तथा मिस पर्सनालिटि २०१७ सिमरन तुलाधर, मिस एसइइ २०१७ निसम लिम्वु, मिस्टर हेन्डसम २०१७ सुमिन आर्चाजु, मिस लिम्वु सेकेन्ड रनरअप मनिता लिम्वु, पुर्व मिस एसएलसी हिना लिम्वु र प्रमु गुरुङलाई सम्मान गरिएको थियो । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारी र कार्यक्रमका अध्यक्ष धरान फिटनेस क्लवका अध्यक्ष राजभगत प्रधानाङ्गले खदा ओढाएर सम्मान पत्र प्रदान गरेका थिए । सो कार्यक्रममा धरान १८का वडाध्यक्ष प्रविण राई, धरान उपमहानगरपालिका पर्यटन विभाग सहसंयोजक किशोर थुलुङ, मिस्टर नेपाल वडिविल्डिङ्ग च्याम्पियन २०१७ रामवहादुर दाहाल, पुर्वाञ्चल वास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, धरान महिला संजालकि अध्यक्ष शिला वज्रचार्य लगायत अतिथीको रुपमा उपस्थिति रहेका थिए । नव्वे मिनट जुम्वा डान्स पछि डिजे ललितले आफ्नो म्युजिकमा सहभागिहरुलाई नचाएका थिए ।