धरान / सुनसरीको बराहक्षेत्र नगरपालिका ८ मा एक बालकको माटोको डिस्कोले पुरिएर मृत्यु भएको छ । सँगै रहेका अर्का बालक घाइते भएका छन् ।
आज दिउसो (शनिवार) बराहक्षेत्र ८ सालबन्दीस्थित कोशी नदिको किनारमा रहेको पानी जमेको भौडीको डिलमा खेल्ने क्रममा बालुवा र माटोसहितको ढिस्को झरेर स्थानीवासी १४ बर्षीय प्रज्वल राईको मृत्यु भएको हो ।
स्थानीयवासीले देखे पछि तत्काल उपचारार्थ बराहक्षेत्र नगर अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा अस्पताल मैमृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पाण्डव राजबंशीले जानकारी दिनु भयो । उनीसंगै खेल्न गएका उनकै भाई १० बर्षीय राजन राई पनि पुरिएर घाइते अवस्थामा उद्धार गरिएको थियो । उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको उहाँले जनाउनु भयो ।