धरान / सुनसरीको इटहरीमा दिनदाहाडै लाखौको गरगहना र नगद चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विहीबार दिउसो चोरी गरेर भाग्ने क्रममा हेटौडा उपमहानगर २ भद्रटोलका २९ बर्षीय मनिष घिमिरे रहेका छन् ।
एनले इटहरीउपमहानगरपालिका–२ का स्थानीयवासी सावित्रा भण्डारीको घरमा दिउसो पसेर १२ तोलाको सुनको गरगहना, तथा नगद चोरी गरेका थिए । घिमिरेलाई शुक्रबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केशीका अनुसार घरका सबै सदस्य तेश्रो तल्लामा रहेको मौकामा घर भित्र छरेर चोरी गरेका थिए । उनीचोरी गरेर भाग्दैं गर्दा स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले १२ तोला सुनका गरगहना , सावित्र भण्डारीको नाममा काटिएको रू १८ लाख ४५ हजारका बिभिन्न बैंकका चेक , डिल्लीबहादुर भण्डारीको नामको सानीमा बैंकको एटीएम कार्ड , र नगद ६० हजार ४२४ रूपैया बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ब्याक्तिले नशालु पदार्थ सेवन गर्ने गरेको र सिरिञ्जको समेत प्रयोग गर्ने गरेको अनुशन्धानको क्रममा खुलेको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको डिएसपी केशीले जानकारी दिनुभयो ।