धरान / आफ्नै अनुयायी बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दा सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ ।
गिरीलाई सफाई दिएको फैसालाको पूर्णपाठ कार्यायलमा बुधबार प्राप्त भए पछि अध्ययन शुरु गरिएको जिल्ला न्यायधिबक्ता नारायण रिमालले जानकारी दिनुभयाे । 
‘सफाइ पाउने फैसला भएको दुई महिनापछि पूर्ण पाठ हात परेको छ । हामी अध्ययन शुरु गरेका छौं । अध्ययन पछि पुनरावेदन प्रकृया शुरु गछौं ।’–न्यायधिबक्ता रिमालले भन्नु भयाे । 
फैसलाको पुर्ण ७५ पेज भएकाले यसको अध्ययनमा समय लाग्ने भएकाले सबै अध्ययन गरेर जिल्ला अदालत सुनरीले गरेको फैसाला माथिल्लो अदालतबाट परीक्षण गराउने उहाँले जानकारी दिनुभयाे । 
फैसाला प्राप्त भएको मितिले ७० दिन भित्र पुनरावेदन गर्नु पर्ने हुन्छ । विविध कारण देखाउदैं थप एक महिना थप्न सक्ने नियम रहेको छ । जिल्लाको फैसाला परीक्षण हुने न्यायधिवक्ता रिमालले जानकारी दिनुभयाे । 
त्रि–दण्ड धारण गरेकाले आफू स्त्री र अग्निबाट टाढा रहने अनुयायीलाई ढोक पिट्दैं हिड्ने विवादास्पद गिरीले महिलाले शरीर समर्पण गरेपछि करणी गरेको तर्कसहित प्रमुख न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गत मङ्सीर २२ गते बलात्कार नठहर्ने फैसला सुनाएको थियो ।
‘जाहेरवाली र प्रतिवादी बीच आदान प्रदान भएका म्यासेजहरुबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दावीबमोजिम जबरजस्ती करणीको कसूर कायम गर्न मिल्ने देखिएन ।’ भन्ने व्यहोराको फैसाल आएको छ । २०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको आरोपमा ३८ दिनपछि २०७६ मंसिर ११ गते जाहेरी दर्ता भएको थियो । प्रहरीले जाहेरी पनि लिन मानेको थिएन । प्रहरी प्रधान कार्यालय मार्फत जाहेरी दर्ता गराइएको थियो ।
सो मुद्धालाई शुरुदेखि बहस गर्ने सरकारी वकिल गोकुल खनाले न्यायधिशको फैसाला बद्नियतपूर्ण रहेको भनेर सार्वजनिक गरेका थिए । त्यस पछि न्यायधिश कोइरालाको निकै आलोचना पनि भएको थियो । मुद्धाको गहन अध्ययन गरेका खनाललाई गत पुस १६ गते जिल्ला वकिलको कार्यालय सप्तरी सरुवा गरिएको छ । आफुले लामो सयमदेखि गहन अध्ययन गरेकाले उक्त मुद्धालाई पुनरावेदन गर्न सुनसरीलाई सक्दो सहयोग गर्ने अधिवक्ता खनालले टेलिफोन सम्पर्कमा भन्नुभयाे । 
उहाँका अनुसार सरकारी वकिलसँग कागजपत्र नभएकोले अदालतमा पेसी सार्नभन्दा पनि नसारिएको ले सहजै निर्णय भएको बताउनुभयाे । अदालतमा मुद्दाको पेसी दुई पटकसम्म सार्न पाइने व्यवस्था भए पनि मौका दिइएको थिएन । माथिदेखिको सेटिङमा फैसाला आएको उहाँले आरोप लगाउदैं आउनुभएकाे थियाे । 
पीडित महिलाको पक्षमा सुरुवातदेखि बहस र न्यायका लागि लड्दै आएको ओरेक सुनसरीले अदालतको पूर्ण फैसला पछि उच्च अदालतमा पुनरावेदन गर्ने जनाएको छ । ओरेकले पनि यस विषयलाई गम्भीर रुपमा लिएको छ ।
सुरुवाती चरणमा पीडित महिलाको पक्षमा विभिन्न समयमा अदालत परिसरमा धर्ना दिएको थियो । पीडितले न्याय नपाई पीडकले उन्मुक्ति पाउँदा दण्डहीनताले प्रश्रय पाउने भएकाले माथिल्लो न्यायलयको शरणमा जानको विकल्प नभएको । संयोजक शान्ती दनुवारले बताउनु भयाे  ।

यस्तो थियो घट्ना
बलाल्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ २०७६ मंसिर १६ गते विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ गरेको थियो ।

नाटक गरेर आइसियुमा भर्ना भएका गिरीलाई प्रहरीले निगरानीमा राखेर अदालतमा हाजिर गराउदैं पूर्ण अस्पताल लगेको थियो । गिरीले ती महिलासँग कुराकानी गरेको टेलिफोनको अडियो सार्वजनिक समेत भएको थियो । अदालतले उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकै दिन भारत तिर भागेका थिए । पछि २०७६ फागुनमा नेपाल आएर अदालतमा हाजिर भई जिल्ला कारागार झुम्कामा बसेका थिए ।