धरान / गतिशिल शिक्षा समुहले धरानमा राष्ट्रिय पुस्तक दिवसका अवसरमा धरानमा सात दिने पुस्तक प्रदर्शनी आयोजना गरेको छ ।

धरानको गोरखा डिपार्टमेन्ट स्टोरमा मङ्गलबारबाट सञ्चालनमा आएको गतिशील शिक्षा डिपार्टमेन्ट स्टोरले पुस्तक प्रदर्शनी गरेको हो ।
प्रदर्शनीमा विभिन्न साहित्यिक, ज्ञानमुलक, बालबालिकाहरुका लागि रुचिको विषयका पुस्तकलगायत विभिन्न विधाका पुस्तक राखिएको गतिशिल शिक्षा समुहका सञ्चालक तीर्थ भण्डारीले जानकारी दिनुभयो ।

 

प्रदर्शनीमा स्कुल, क्याम्पस तथा विभिन्न आयोगका पुस्तकहरु समेत राखिएका छन् । प्रदर्शनीमा पुस्तकको क्रयमुल्य अनुसार ९ प्रतिशत देखि २० प्रतिशतसम्म छुट दिइएको छ । प्रदर्शनी एक हप्तासम्म चल्ने उहाँले जानकारी दिनुभयो ।

प्रदर्शनीसँगै गतिशील शिक्षा डिपार्टमेन्ट स्टोर पनि मङ्गलबारबाटै सुरु भएको छ । स्टोरमा स्कुलदेखि क्याम्पससम्मका सबै पुस्तकहरु पाइने बताइएको छ । साथै खेलुकदका सामाग्रीहरु राखिएकोछ । सामान्य पुस्तक पनि किन्न काठमाडौ नै धाउन पर्ने बाध्यता हटाउन यस्तो पुस्तक डिपार्टको अवधारण ल्याइएको हो ।

२५ लाखको लगानीमा सञ्चालन गरिएको स्टोरमा सबै खाले पुस्तक उपलब्द हुने सञ्चालकले बताउनु भयो । आज प्रदर्शनीको दोश्रो दिन प्स्तक किन्नेहरुको भीड लागेको छ ।

डिपार्टमेन्टले निकट भविष्यमा विद्यार्थीहरुका लागि शान्त वातावरणमा अध्ययन गर्ने ‘स्टडी रुम’को पनि व्यवस्था गर्ने भण्डारीले जानकारी दिनुभयो । बिशेष गरेर एमबिबिस, बिईलगायतका विद्यार्थीको माग भएकाले ‘स्टडी रुम’ सञ्चालनको तयारी गरको भण्डारीले बताउनुभयो । मेडिकल तथा इन्जिनियरिङका पुस्तक महगो पर्ने भएकाले निम्नतम शुल्क तिरेर अध्ययन गर्ने वातावरण बनाइने भण्डारीले बताउनु भयो ।

gatisil 150890003_1314525215613925_6364853867166793269_n 151152530_277984400342021_3404968044479652735_n