धरान / खानेपानी संस्थानले धरानका मानिसलाई कति फोहोर पानी खुवाउदो रहेछ भन्ने आफैअनुमान लगाउनुहोस् । नेचर प्रोजेक्ट नामक संस्थाले सर्दु जलाधार क्षेत्र वाट ११ दिनमा ४ गाडी फोहोर निकालेको छ । पानीको मुहान क्षेत्रमा यस्तो फोहोर भेटिनुले हाम्रो खानेपानीको मुहान कति सफा रहेछ भन्ने उजागार गरेको छ ।
सर्दु र खर्दू खोला मिलेर वनेको सर्दु जलाधार क्षेत्रको पानी धरानवासीले खादै आएका छन । सुख्खा मौसममा ६०लाख लिटर र वर्षायाममा १ करोड लिटर पानी सदुै जलाधार वाट ल्याएर सस्थानले खुवाउदै आएको छ । तर सो मुहान क्षेत्र भित्र भेडेटार, वीपी पार्क , जस्ता पर्यटकिय क्षेत्र पर्ने भएकोले प्लाष्टिक जन्य फोहोर मैलाले खोला भरिन गएको कुरा ११ दिन सम्म मुहान सफा गर्न खटिएका ५० जना युवाहरुको समुहले वताएका छन ।

fohor 1
११ दिन सम्म सर्दु जलाधार क्षेत्रको मुहान सफा गर्ने अभियान चलाएर फागुन १ गते नेचर प्रोजेक्ट नामक संस्थाले ओशो आश्रमको प्रागणमा समापन कार्यक्रमको आयोजना गरेको थियो । सफाई अभियानका सयोजक ऐलन विष्टले खानेपानीको मुहान सर्दु जलाधारमा अत्यधिक मात्रामा प्लाष्टिकजन्य फोहोर र सिसाहरु फेला परेकोले स्थानिय सरोकारवाला निकायले यसको सफाईमा ध्यान नदिए नगरवासीहरुमा नकारात्मक असर पर्ने वताउनुभयो । ‘प्रकृतिको एउटै भाषा हुन्छ सफाई । फोहोर जहाँको होस जस्ले गरेको होस हामीले सफा गर्नै पर्छ त्यसैले हामी युवाहरुले शुरुमा देश व्यापीरुपमा जनचेतनामुलक साईकल यात्रा गरेका थियौ ।’–विष्टले भन्नु भयो –‘त्यस पछि ४५ दिन सम्म पोखराको फेवा तालको सफाई गर्यौ । अहिले धरानको जलाधार र पर्यटकिय क्षेत्रको ४५ दिने सफाई अभियानमा लागेका छौं ।’
सो भेलामा धरान उपमहानगर पालिकाका वार्ड न १३ का वडाध्यक्ष नेत्र काफलेले आफनो वडा भित्रका घरहरुमा सेफटी टंकी वनाउन लगाउने र हरेक हप्ता सफाई कार्यक्रम चलाउने प्रतिवद्धता जाहेर गर्नु भयो । यो फोहोर देखे पछि उहाँले सफ ागर्न ध्यान पु¥याउन सबै सचेत नागरिकलाई आव्हानसमेत गर्नु भएको छ । यसै गरी सर्दु जलाधार क्षेत्रको सरक्षण गर्दै आएको वातावरण तथा पर्यटन विकाश केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठले सर्दु जलाधार क्षेत्रको पानी वेच्ने निकायहरुले जलाधार सफाई र सरक्षणमा कुनै चासो नराखेको अवस्थामा स्थानिय युवाहरु जाग्नु सकारात्मक सन्देश भएको वताउनुभयो । सर्दु जलाधार क्षेत्रले पानी मात्र नभएर धरानको सौन्दर्य वढाउन, सन्तुलित र स्वच्छ वातावरण कायम राख्न ठुलो मदत पुर्याई रहेकोले वीपी पार्क ओशो पार्कलाई सफा राख्न व्यवस्थापन समितिको गठन गर्नु पर्नेमा जोड दिनु भयो ।
सरसफाई कार्यक्रममा अभियन्ता पवन राईले जलाधार क्षेत्रका मानिसहरुमा जनचेतनाको अभावका कारण शौचालयको ढल, फोहोरमैला खोलामा फालेको देखिनु ,सरसफाई अभियानमा पनि स्थानिय सरोकारवाला निकाय र स्थानियवासीहरुको चासो नदेखिनुले जलाधार क्षेत्र ठूलो संकटमा रहेको उहाँले बताउनु भयो । कार्यक्रममा स्थानिय लाली गँुरास आमा समुहकी अध्यक्ष पार्वती राई (श्रेष्ठ) ले पनि युवाहरुले देखाएको कामको प्रसंसा गर्दै जलाधार सफाईलाई आमा समुहले निरन्तरता दिने वचन दिनुभयो ।

fohor2