धरान / प्रतिगमनका बिरुद्ध नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्लाहरुमा प्रदर्शनसहित बिरोध सभा गरेको छ। नेताहरूले नेकपाको आन्तरिक झगडाको कारण देशमा संबैधानिक अस्थिरता निम्तिएको र अब बैशाखमा चुनाव पनि हुन नसक्ने र मुलुकमा थप द्वन्द चर्किने बताएका छन् ।
देशको हरेक परिवर्तनसंगसंगै नेपालको संबिधान २०७२ पनि नेपाली कांग्रेसकै नेतृत्वमा ल्याएको हुदा यसको रक्षाको निम्ति प्रतिबद्ध रहने उदघोष गरे । सुनसरीको धरानमा आज आयोजित सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेताहरूले यस्तो धारणा राखेका हुन।150592884_4269590723070296_2033090007890570620_n
केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेस प्रधानमन्त्री केपी ओलीले झै सर्वोच्च अदालतलाई दबाव दिदैन तर संबैधानिक इजलासले सहि निकास दिनेछ किनकी यो अवस्थामा संसद बिघटनको कुनै आधार नभएको हुदा संसद पुनर्स्थापनको विकल्प नभएको बताउनु भयो । राष्ट्रपति ३ करोड नेपालीको नभएर केवल नेकपाको एउटा गुटको मात्रै राष्ट्रपति भएको प्रष्टाउनु भयो । ‘केपी ओलीको संबिधानमा टेक्ने ठाउ कतै नभएको हुनाले उनको सम्बोधनमा कहींकतै पनि संबिधानको धारा टेकेर बोल्न सक्दैनन तर जनतालाई भ्रममा पारिराखेका छन् ।’– नेता कोइरालाले भन्नु भयो । त्यस्तै अर्का वक्ता मीन बिश्वकर्माले प्रधानमन्त्री केपी ओलीको गलत कदमबारे बताउदैं अलोकतांत्रिक, असम्बैधानिक र अराजनीतिक कामले मुलुक खतरामा परेको बताउनु भयो । त्यस बिरूद्ध हामी संबिधानको पूर्ण रक्षाका लागी आम जनतालाई प्रष्ट रुपमा बताउनका लागी सडकमा आएको उहाँको भनाईथियो । भोली व्यवस्था नै खारेज हुने स्थिति आएको खण्डमा आन्दोलनको आँधीबेहरी ल्याउने उहाँले बताउनुभयो। कार्यक्रमका पहिलो वक्ताकारुपमा तरुणदल सुनसरीका सभापति सीजन गुरुङले “प्रधानमन्त्री ओली र राष्ट्रपति विधा भण्डारीको मिलेमतोमा संबिधानमाथिको ठाडो हमला भएको भन्दैं चर्को आलोचना गनुृ भयो । नेपाली कांग्रेस सुनसरीका सभापति तथा नेपाली कांग्रेस प्रदेश न १ संसदीय दलका नेता राजीव कोईरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य डा शेखर कोइराला, केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मीन बिश्वकर्मा , कल्पना गच्छदार, नरेन्द्र चौधरी, मीना सुब्बा चन्द्रप्रशाद श्रेष्ठलगायतले सम्बोधन गर्नु भयो ।

कार्यक्रम नेपाली कांग्रेस सुनसरीका सचिव सुरेन्द्र गोले तामाङले सञ्चालन गर्नु भएको थियो । आजै धरान तथा आसपासका टेम्पो चालक मजदुर लगायत ५० भन्दा बढ़ी नेपाली कांग्रेसमा प्रबेस गरे। सम्बोधन अघि पार्टीले विशाल ¥याली निकालेको थियो ।150738005_762973454318900_2183979193005071555_n 150870035_762973100985602_6172204757655222377_n 151179706_762973704318875_6587401706495275240_n 150835491_NC