धरान /  कपडा सिलाईमा कमिशन प्रथा मौलाएको भन्दंैं धरानका सिलाई व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ, प्रदेश १ समन्वय समितिको आयोजनामा आइतबार धरानमा विरोध जुलुस निकालिएको छ । धरान १२ स्थित पब्लिक हाइस्कुलबाट निस्किएको विरोध र्याली भानुचोक लोकतान्त्रिक चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो । सिलाई व्यवसायीहरुका अनुसार कपडा सिलाउदा कमिसन दिनुपर्ने चलन मौलाएको जसले गर्दा कपडा सिलाउदा मह्गो पर्ने र उपभोक्ता ठगिएको उनीहरुको भनाई छ ।

व्यवसायी इम्तियाज अलीका अनुासर बिशेष गरि स्कुलको ड्रेसमा ठूलो कमिसनको खेल भएको बताउनु भयो । मोटो कमिसनले कपडा सिलाईको भार उपभोक्तालाई परेको छ । विद्यालयहरुसँग साडगाठ गरि विद्यालय पोशाख सिलाईमा झन ठूलो कमिसनको खेल भएको उनीहरुको भनाई छ ।
कपडा पसलेले कमिसन दिने टेलर्समा मात्र ग्राहकलाई पठाइदिने गरेका व्यवसायी बताउछन् । त्यो कमिसन दिनका लागि व्यवसायीहरुले ग्राहकबाट असुल्दैं आएका छन् । कमिसन प्रथा अन्त्य भए ग्राहाकहरुले सौलियत दरमा सेवा लिन पाउने व्यवासायी फिरोज अलीले जानकारी दिनुभयो ।