धरान / अनुहारमा कुनै पशुको मुकुण्डो लगाएको, कालो बस्त्र ओढेर झ्याम्टा बजाएर बजारको चौकमा यताउति हिडिरहेको दृश्य देखेर मानिसहरू एकाएक रोकिन पुग्छन । व्यस्त सडको बिचभागमा सेतो वस्त्र लगाएर आँख़ामा कालो पट्टी बाधेर हातमा तराजु बोकेर उभिएकी दाहिने हात माथी उठाएर औला ठडाएकी महिला देखिन्छिन । सबैको ध्यान त्यहीहुन्छ । त्यस पछि क्रमशः अरु पात्र आइ पुग्छन् ।
न्यायलयलाई प्रभाव पार्न अनेक चालबाजी गरिन्छ । जसरी केपी सरकारले वास्ताविकतामा गरिरहेका छन् ।
यो एउटा प्रतिगमन विरुद्धको मौन आवाज ससक्त रुपमा सडकमा देखाइएको छ । कुनै पात्रहरु बोल्दैंनन् । तर पनि दृष्यमै उनहरुको आवाज बेजोड छ ।
राज्यका तर्फबाट होस वा अन्य कुनै पनि पक्षबाट न्याय मर्न दिनुहुदैन, न्यायलयमा कुनै पनि शक्तिको प्रभाव पर्न हुदैन, संबिधान र क़ानूनले प्रत्याभूत गरेको सहि न्याय आम जनताले अनुभूति गर्न पाउनु पर्छ नागरिक सर्वोच्चता सतप्रतिसत कायम रहन पाउनुपर्छ भन्ने मूल सन्देशका साथ देशमा भैरहेको पछिल्लो राजनीतिक घटनाक्रमसँग जोडेर रंगभूमि नाट्य एकेडेमीद्वारा धरानका बिभिन्न चौकहरुमा सडक नाटक प्रस्तुत गरिरहेको छ । माथिको कथा यही नाटकको एक अंश हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेबी भण्डारीले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरे पश्चात उत्पन्न पछिल्लो राजनैतिक घटनाक्रमसंगै सर्वोच्च अदालतमा जारी मुद्धामा कस्तो फैसला आउला भन्ने बिभिन्न अडकलबाजी भैरहेकोतर्फ इंगित गर्दै नाटकले आमजनमानसमा संसद बिघटन असंबैधानिक तरिकाले भएकोमा सशक्त विरोध गर्दै न्यायलय श्वतन्त्र रहनुपर्छ, कुनै पनि शक्ति , पैसा र डर त्रासको भरमा अनुचित फैसला गरिनु हुन्न भन्ने सन्देश दिएको छ।
करिब १५ मिनटको नाटकको समाप्तिसंगै नाटक प्रस्तुत गर्नुको मुख्य उद्देश्य प्रतिगमनको बिरुद्ध नागरिक सर्वोच्चता कायम गराउन आमजनमानसलाई जागरूक गर्नु र प्रतिगमन बिरुद्ध सशक्त उभिन साथै ऐक्यबद्धता जनाउन आव्हान गरिएको नाटकका निर्देशक विष्णु मोक्तानले जानकारी दिनु भयो ।
कलाकार मनोरंजनका साधनमात्र नभएर नयाँ परिवर्तनलाई आत्मासात गर्दै अग्रगामी सोचका साथ कलाद्वारा राजनैतिक खबरदारी गर्नु यसको मूल आसय रहेको पनि मोक्तानले बताउनु भयो ।
नाटक स्पष्ट, बर्तमान राजनैतिक घटनाक्रमसँग मेल खाएको र सभ्यशैलीमा प्रस्तुत गरेर वास्तविक सन्देश दिएको दर्शकदीर्घाको प्रतिक्रियासंगै नाटकको अन्तमा आमदर्शकले तालिको साथ धन्यवाद दिएका छन् ।
नाटकमा हरि इवाहाङ, मिलन चाम्लिङ, करिष्मा क्षेत्री, निश्चल कुलुङ, गोमा पौडेल, कृति लिम्बू, अभिषेक खतिवडा, मिलन भुजेल, शुस्मा राई र महेश राईको अभिनय गरेका छन् । नाटकको संयोजन रङ्गभूमि एकेडेमीले गरेको छ । निर्देशक मोक्तानले फेरि फेरि अधिकारका लागि लड्ने स्थिति सिर्जना भएकाले कलाकारहरू पनि युग परिवर्तनका संवाहक शक्ति भएको सन्देश दिन नाटक प्रदर्शन गरिएको बताउनु भएको थियो। ‘हामी यो, ऊ भन्ने पक्षमा भन्दा पनि गणतन्त्र गुम्ने खतरा भएकाले त्यसलाई लक्षित गर्दै नाटक प्रदर्शन गरेका हौं । राजनीतिक दलको हामीले पक्ष पोषण गरेका होइनौं । जनताले ल्याएको व्यवास्था गुमन लागेको प्रति हामी कलाकार पनि चिन्चित छौं ।’– धरानको बुढासुब्बा चोकमा शनिवार नाटक मञ्चन पछि निर्देशक मोक्तानले भन्नु भयो । –‘यो बेला चुप लागेर बस्नु भनेको प्रतिगमनलाई समर्थन गर्नु हो, त्यहि भएर सडक नाटक ‘प्रतिगमन’ लिएर प्रतिगमन विरुद्ध मैदानमा उत्रिएका छौं ।’natak
अहिलेको राजनीतिक परिस्थितिले फेरि राजा(निरंकुशता) पो ब्युतने हो कि भन्ने आशंका जन्मिएकोले नाटक मार्फत गणतन्त्र पक्षधर जनतालाई सचेत गाउन ‘प्रतिगमन’ प्रर्दशन गरिएको मोक्तानको भनाई थियो । कलाकारहरु मनोरञ्जनका लागि मात्र यपस्थित हुदैंनन्, सन्देश र देशको कथा लिएर पनि प्रस्तुत हुन्छ । उनीहरुलाई व्यवस्था प्रति पनि चिन्ता हुन्छ भन्ने सन्देश लिएर धरानका कलाकार प्रस्तुत भएका छन् । दलहरुको स्वार्थ आआफ्नो होला, तर नागरिकहरुले पनि आवाज बोल्नु पर्छ भन्ने सन्देश आफुहरुले दिएको मोक्तानले बताउनु भयो ।
शुक्रबारदेखि धरानको विभिन्न चोकमा नाटक मञ्चन गरिरहेको छ । सोमबार धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा प्रर्दशन गरि समापन गरिने निर्देशक मोक्तानले जानकारी दिए ।

natak2