धरान / नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केप ी ओलीको ‘भष्मासुर’ प्रवृतिले पार्टी भड्खालोमा परेको बताउनु भएको छ । ओलीले पार्टीमा गद्धारी गरेको बताउदैं आफु बसुञ्जेल आफ्नो घर भन्ने बस्न नपाए पछि जलाई दिने प्रवृति अहिले केपीओलीमा देखिएको उहाँको भनाई थियो ।
आज धनकुटामा हुने विशाल विरोध सभामा भाग लिन आउने क्रममा शुक्रबार साँझ धरानका अगुवा कार्यकर्ताहरुसँग उहाँले कोही विचलि नभई पार्टी निर्माणमा लाग्न आग्रह गर्नु भयो । लैलैमा लोभलालचामा फसेर केपीको गुटमा लागेका आफ्नो समुहमा फर्कन लागेको बताउदैं सत्य र न्यायको पक्षमा जनमत बन्दैं गएको बताउनु भयो ।

उहाँले ओलीसँग वाक्क दिक्क भएर कार्यकर्ताहरु हामीसँग फर्किन थाले उहाँको भनाई थियो । ओली गुटको गदरीबारे कटाक्ष गदैं ओली र उनका गुटकै कारण धरानको उपनिर्वाचनमा नेकपाले हार व्यहोर्नु परेको पनि बताउनु भयो ।
उहाँले ओली गुट सडकमा उनी विरुद्ध भएको संघर्षका कारण गलेको बताउदैं अतालिएको बताउनु भयो । के गरौं कगारै भएर रामकुमारी झाक्रीलाई पक्राउ गरेर झन भुङ्ग्रोमा हात हाल्ने काम गरेको उल्लेख गर्नु भयो । जनताको प्रतिकार सहन नसकेर छिनभर मुक्त गरेको गर्ने काम भयो । अव ओली आतंकको अत्न्य नजिक आइसकेको उहाँले बताउनु भयो ।
शुक्रबार धरानका पेसाकर्मी, जनप्रतिनिधी, स्वास्थ्यकर्मी, वृद्धिजिवीलगायतसँग छलफल गर्नु भएको छ । धरानमा बसी शनिवार धनकुटामा हुने विरोध सभामा भाग लिन जानुभएको छ । त्यस पछि तेह्रथममा हुने विरोध सभामा सहभागी हुनुहुने छ । मंगलबार इटहरीमा सुनसरीका अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो ।