धरान । सधै मञ्चमा राजनीति र विकास निर्माणका विषयमा भाषण गर्ने धरान उपमहानगरपालिकाका मेयर तिलक राई बुधबार एउटा मञ्चमा फरक विषयमा प्रस्तुत भए ।
धरान प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको बहुभाषिक कविता गोष्ठीमा उहाँले कुनै राजनीतिक भाषण गर्नु भएन । उहाँले स्वर्गिय कवि विमल गुरुङलाई सम्झदै ‘आमा ब्रुनाईबाट आएपछि’ भन्ने कविता वाचन गरेर सबेलाई भावुक बनाए । अरु बेला राजनीतिक विषयमा भाषण गर्दा दर्शक दीर्घामा खासघुस कुरा सुनिने भए पनि उहाँले कविता सुनाउदा दर्शक दीर्घामा भावविह्ल भएर उहाँको कविता सुनेका थिए ।
स्व. कवि गुरुङ समकालिन साथी भएको पनि उहाँलेप्रष्ट पार्नु भयो । कविता सुनाए पछि उहाँले विमल स्मेति पुस्तकालका विषयमा केहीशब्द खर्च गर्नु भयो । पुस्तकालयको महत्व, यसले साहित्यमा खेलेको भूमिकाबारे बोल्नु भयो ।