धरान । आदिबासीहरुको संस्कार, संस्कृति र भाषा संरक्षण गर्ने उद्देश्यले धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा बहुभाषिक कविता गोष्ठी सम्पन्न गरेको छ ।

बुधबार धरान ८ स्थित प्रतिष्ठानको सभाहलमा धरान उपमहानगरका मेयर तिलक राईको प्रमुख आतिथ्यतामा बहुभाषिक कविता गोष्ठी सम्पन्न भएको हो । कविता गोष्ठीमा २४ जना प्रतियोगिहरु सहभागी थिए ।
२४ जना प्रतियोगिहरु मध्येबाट १० जना प्रतियोगिलाई छनौट गरिएको थियो । उनीहरुलाई प्रति व्यक्ति नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । कविता गोष्ठीमा चाम्लिङ, बान्तवा, लिम्बु, अम्बुले, याख्खा, नेवा, मैथिलि, मेवाहाङ लगायत भाषामा कविता वाचन गरिएको थियो ।
कविता गोष्ठीको सहजीकरण भने मुन्धुमी कवि तथा साहित्यकार प्रदिप मेन्याङ्वो, भाषाविद् प्रा.डा. टंक प्रसाद न्यौपाने र बरिष्ठ कवि बम देवानले गर्नु भएको थियो ।