काठमाडौं / प्रहरी हिरासतबाट रिहा भएपछि नेकपा नेतृ रामकुमारी झाँक्रीले देशव्यापी दबाबका कारण प्रतिगमन झुकेको प्रतिक्रिया दिनुभएको छ । बिहीबार साँझ पक्राउ परेको पाँच घण्टा पछि रिहा भएपछि झाँक्रीले उपस्थित कार्यकर्तामाझ ‘देशभर प्रदर्शन र दबाबका अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताउदैं अव सत्यको जित हुदैं गरेको बताउनु भयो ।

‘प्रधानमन्त्री केपी ओलीको एकपछि अर्को निरंकुश कदम उदांगो भएको र अब सम्पूर्ण हिसाबले प्रतिगमन ढल्ने छ । अव प्रक्रिया शुरु भयो । यो ँप्रतिगमनलाई अन्तिम धक्का हो ।’–उहाँले भन्नु भयो ।

उहाँले आफूविरुद्ध मुद्दा दायर नभएको बताउँदै राजनीतिक प्रतिशोधका कारण गिरफ्तार गरेको बताउनुभयो । व्यक्तिगत राजनीतिक दबाब सिर्जना गरेर राजनीतिक प्रतिशोधका कारण गिरफ्तार गरिएको हो । मेरोविरुद्धमा अभियोग दर्ता भएको छैन,’ उहाँले भन्नुभयो ‘त्यसकारण यहाँ कुनै सर्तनामाको कुरा होइन, म विनासर्त यहाँ (प्रहरी हिरासत)बाट निस्केकी छु ।’

प्रहरीले राज्यविरुद्धको कसुर अभियोगमा पक्राउ पुर्जी जारी गरी उहाँलाई घरबाटै पक्राउ गरेको थियो । भाषणको विषयलाई लिएर पक्राउको विरोधमा आलोचना भइरहेको छ । उहाँले रिहा भए पछि राष्ट्रपति विरुद्ध दिएको अभिव्यक्रि प्रति आफुलाई कुने पश्चाताप नभएको बताउनु भयो ।