चतरा  / पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भए पछि सो क्षेत्र स्थानीयहरुका लागि आकर्षक बनभोज क्षेत्र बनेको छ ।
यति बेला पुल आसपासमा वनभोज खान र बोटमा चढ्न आन्तरिक पर्यटकहरुको घुइचो हुने गरेको छ । एसियाली विकास बैंकको सहयोगमा पाँच बर्ष अघि पुल निर्माण भए पछि यहाँ आन्तरिक पर्यटकहरु चहल पहल बढेको हो । पुल हेर्नकै लागि धरान, विराटनगर, इटहरी, गाइघाट, बेलटार, फत्तेपुरलगायत स्थानबाट स्थानीयहरु आउने गरेका छन् । कोशी पुलदेखि वरपर स्तरिय आधा दर्जन होटलहरु संचालनमा रहेका छन् । 

दैनिक ५०/६० जना पुल हेर्न आउने गरेको स्थानीय व्यपारी सरद कोइरालाले बताउनु भयो । आफ्नो काममा पूर्व पश्चिम हिड्नेहरु पनि १५/२० मिनेटसम्म सवारी रोकाएर फोटो खिच्ने गरेका छन् । पुल नजिक कोशी किनारमा वनभोज खानेहरुको भीड लाग्न थालेको कोइरालाले बताउनु भयो ।

pull
पुल पुनिबाट केही बर्षदेखि जेट बोट सञचालन हुदैं आएका छन् । कोशी पुलदेखि बराहक्षेत्र, सिम्लेसम्म बोट सञ्चालन हुदैं आएको छ । जेट बोट चढ्नका लागि पनि उदयपुर, सप्तरी, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, सप्तरीलगायतका जिल्लाबाट वनभोज खान आउने गरेको कोइराला बताउनु हुन्छ । सामाजिक संघ संस्था, विद्यालयहरु र साथी भाई समुह बनाएर कोशी पुलमा वनभोज खान आउनेको संख्या पछिल्लो समय निकै बढेको बेलका नगरपालिका–८ का वडाध्यक्ष जयकुमार राईले बताउनु भयो । वनभोज खानेको संख्या बढे पछि बेलका नगरपालिकाले उक्त क्षेत्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय बनाइ दिएको छ । थप पूर्वाधार विकासका लागि यो बर्ष बजेट विनियोजन गरेर वनभोज स्थललाई व्यवस्थित गर्ने योजना रहेको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।
स्थानीय मोहन खड्काका अनुसार शनिवार एक सय भन्दा बढि समुह वनभोज खान आउने गरेका छन् । दैनिक पाँचदेखि ७ वटासम्म समुह वनभोज खान आउने गरेका छन् । शनिवार घुम्न मात्र दुई÷तीन हजार आन्तरिक पर्यटक आउने गरेका छन् । ‘यहाँ शनिवार निकै भीड हुन्छ । विद्यार्थीहरु, कर्मचारी, सामाजिक संघ संस्थाबाट वनभोज खान आउने धेरै हुन्छन् ।’–स्थानीय मोहन खड्काले भन्नु भयो । गत शनिवार जनता उच्च मावि सुरुङ्गा, सप्तरीको टिम वनभोज आएको थियो । सोही टिममा वनभोज आउनु भएका शिक्षक केदारकुमार कार्कीले यो बर्ष मात्र कोशी पुलमा वनभोज खान ४ पटक आएको बताउनुभयो । सुरुङ्गा कोशी पुलदेखि झण्डै एक सय किमी टाडा हो । यस्तै गाईघाटबाट गाईघाट खोटाङ चल्ने बुइपा एक्सप्रेसका टोली पनि कोशीपुलमा वनभोज खान आएको थियो । उनीहरुले वनभोजमा नाचगानसँगै कोशीमा पौडी खेलेर तथा बोटमा यात्रा गरेर मज्जा लिए । धरानबाट पारिवारिक वनभोज जानुभएकी इन्दु खड्काले कोशी पुल वनभोजका लागि उत्तम गन्तव्य भएको बताउनु भयो । ‘बोटिङ, फिसिङ, स्वीमिङमा यहाँ रमाउन सकिने रहेछ । अझ पाराग्लाइडिङ गर्नेहरुका लागि पनि सुविधा रहेछ ।’– शनिवार वनभोज स्थलमा भेटिनुभएकी खड्काले भन्नु भयो ।
खानेपानी र फोहोर व्यवस्थापनको समस्या

149202312_467962501240177_5184499517432496837_n
दैनिक आन्तरिक पर्यटकहरु वनभोज खान आउने गरे पनि वनभोज क्षेत्रमा खानेपानीको अभाव छ । खोलाको बगर भएका कारण बसेर खानेकुरा पकाउने, खानका लागि असुविधा हुने गरेको वनभोज आउनेहरुले बताएका छन् । जेट बोट पनि त्यही किनाराबाट लाग्ने भएकाले ती स्थानमा वनभोज खानेहरु बढेका हुन । तर स्थानीय सरकारले उचित व्यवस्थापन गर्न नसक्दा दुखले वनभोज खाने गरेका पाइएको छ । ‘कोशी पुल क्षेत्र रमणिय छ । तर वनभोजका लागि उचित व्यवस्थापन छैन् ।’–वनभोज स्थलमा भेटिनुभएका स्थानीय मोहन खड्काले भन्नु भयो –‘स्थानीय सरकारले उचित व्यवस्थापन गरेर शुल्क लिने गरे स्थानीय सरकारको आम्दानी बढ्छ । स्थानीय सरकारको त्यसमा ध्यान जानु पर्छ ।’ वनभोज स्थल वरपर खाली पानीको बोपत, मदिराका बोतल, खानेकुराको फोहोरको डङ्गुर हुन थालेको छ । ती फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन् । वनभोजमा आएर नाचगान गर्ने, फराकिलो ठाउँको अभाव छ । भिरालो जग्गा भएका कारण दुखले वनभोज खाने गरेका छन् । विजुलीको समेत व्यवस्थापन नहुदा वनभोज आउनेहरुले बैकल्पिक व्यवस्था गर्नु परेको छ ।
वनभोज स्थलमा आकर्षक पार्कसहितको डिपिआर तयार

koshi_pull_picnic_spot
वडा नं. ८ का वडाध्यक्ष जयकुमार राईका अनुसार प्रदेश सरकारको सहयोगमा कोशी पुलदेखि केहीमाथि सप्तकोशी किनारमा सुविधा सम्पन्न वनभोज स्थलको डिपिआर तयार गरिएको बताउनुभयो । करिव ५० वटा सवारी अटाउने पार्क, एक सय वटा वनभोज स्थल(पिक्निक स्पोर्ट), सेल्फी स्टेसन, फिसिङ क्षेत्र, बोट चढ्न जाने सिडिसहितको बाटो, खानेपानीको व्यवस्थापन सहितको डिपिआर बनाएर प्रदेश सरकारलाई पठाइएको छ । आगामी बर्षको पर्यटन शिर्षकको बजेटबाट सबै निर्माण गरिने अध्यक्ष राईले जानकारी दिनुभयो । ‘तत्काल व्यवस्थापनका लागि वनभोज स्थल व्यवस्थापन समिति बनाउने तयारी भइरहेको छ । शौचालय निर्माण गरिसकिएको र तत्काल खानेपानी र फोहोर व्यवस्थापन गर्न लागिएको छ ।’–अध्यक्ष राईले भन्नु भयो ।
वनभोज आउनेका लागि जेट बोट आकर्षण

 https://www.youtube.com/watch?v=UOKaZpvQ-Ls

148852862_876891099766424_3975935067382149376_n बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सुनसरीको बराहक्षेत्र–१ चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालन गर्दै आएको छ । यसले सुरु गरेको चतरामा हाल चार ओटा कम्पनीले सात ओटा सानो ठूलो बोट सञ्चालन गर्दै आएका छन् ।

वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि गरी चार कम्पनीले साना ठूला गरेर सात ओटा जेट बोटबाट कोसी पुलदेखि बराहक्षेत्र हुँदै भोजपुर, धनकुटाको त्रिवेणीघाट र सिम्लेसम्म सेवा दिँदै आएका हुन । अठार जनादेखि ६० जनासम्म अट्ने बोट सप्तकोसीमा सञ्चालन हुँदै आएका छन । उक्त बोट चढ्न पनि कोसीपुलमा आन्तरिक पर्यटक पुग्ने गर्छन् ।

149457201_2585817075054253_1484219889650747198_n चतराबाट १० किलोमिटर हाराहारीको सिम्ले पुग्न पाँच मिनेट लाग्छ । सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटार पुग्न दिनभरी नै समय खर्चनुपर्ने हुन्छ । सिम्लेबाट धनकुटा सदरमुकाम हुँदै भेडेटार हुँदै आउँदा सात घण्टा लाग्नेमा अब जेट बोटबाट चतरा आएर सिधैँ दुई घण्टामा यात्रा गर्न सकिन्छ । शनिवार जेटबोटबाट सिम्लेसम्म पुग्ने एक सय भन्दा बढि समुह हुने गरेको छ । शनिवार जेट बोट मात्र चढ्न रहर गर्नेलाई २ किमी माथि कोप्चेसम्म घुमाएर ल्याएको बोटले प्रतिव्यक्ति ३ सय लिने गरेको छ । सिम्लेसम्म पुग्न भने ८ सय भाडा लाग्ने बोट चालक राजेश चौधरीले जानकारी दिनुभयो ।
कोशी पुलको आकर्षण

KOSHI_PULL2 1 उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने चतरामा पुल संचालनमा आएसँगै हेटौंडाबाट पूर्व क्षेत्रमा जाने वैकल्पिक बाटो पनि खुलेको थियो । पुल संचालन भएपछि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौंडा सहजै रुपमा जोडिएका छन । सोही सडकलाई सरकारले मदन भण्डारी राजमार्गको रुपमा विस्तार गरेको छ । ७६ करोड ११ लाख रुपैयाँमा पुल बने पछि यहाँ चहलपहल बढेको स्थानीय बताउछन् ।
दुईसय ६१ दशमलव ३ मिटर लामो यो पुलमा तीनवटा पिलर त्यसमाथि फ्लस राखेर माथिल्लो भागमा पिच गरेर बनाइएको छ । यो उच्च प्रविधिको भएको निर्माण कम्पनि कालिका कन्स्ट्रसनले जनाएको छ । यस्तो प्रविधी कर्लाणी पुल र कोशी पुलमा मात्र प्रयोग भएको बताइएको छ । आधुनिक प्रविधीको पुल नै आन्तरिक पर्यटकहरुका लागि आकर्षक गन्तव्य बनेको छ ।

बोपताङ्ग डाँडाबाट पाराग्लाइडिङ

paraglinding

कोशी पुलदेखि करिव ३ किमी पश्चिम बोपताङ्ग डाँडाबाट पाराग्लाइडिङ उडान हुदैं आएको छ । नेपाल पाराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ संघले राष्ट्रिय खेलकुद विकास समितिको सहयोगमा एक बर्ष अघि पाराग्लाइडिङ सफल परिक्षण उडान पछि संघको सहयोग र बुढासुब्बा पाराग्लाइडिङ धरानको समन्वयमा नेपाली सेनालाई प्रशिक्षण दिएर पाराग्लाइडिङ तालिम प्रशिक्षण केन्द्र सञ्चालन ल्याएको छ ।
सो प्रशिक्षण केन्द्रले बोपताङ्ग डाँडाबाट व्रिटिस प्रशिक्षक पेट ग्यलेगरले उदयपुरका एक, पोखराका तीन, पाल्पाका एक र धरानका एक जना गरी ६ जनालाई बेसिक तालिम दिइ सकेको छ । उदयपुरको आकाशमा बोपताङ्ग र चम्पाकोट डाँडाबाट यस खेल खेल्न सकिन्छ । बोपताङ्ग डाँडा समुन्द्र सतहदेखि ५१० मिटर र चम्पाकोट डाँडा समुन्द्र सतहदेखि ७०० मिटरको उचाईमा रहेको नेपाल पाराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ संघ सुनसरीका सचिव विकास आचार्यले बताउनु भयो । उहाँका अनुसार उडान गर्दाको एलिभेयसन बोपताङ्ग डाँडाबाट ४५० मिटर र चम्पाकोट डाँडाबाट ५५० मिटर भन्दा बढी रहेको छ ।
पराग्लाइडिङ अवतरण गर्ने स्थल कोशी किनार सामुदायिक वनको क्षेत्रको सिसौली चौरदेखि बोपताङसम्म कच्ची सडक निर्माण गरिएको छ । वनभोजमा रमाउन आउनेहरुले मौसम खुलेका बेला पाराग्लाइडिङको मच्जा लिने गरेका छन् ।
आन्तरिक पर्यटकलाई बराह क्षेत्र दर्शनको अवसर

barahachhetra यहाँ वनभोज खान आउनेहरु नेपाका चार ठूला धाम मध्यको बराह धामको दर्शन गर्ने अवसर पाउने छन् । कोशी पुलबाट उत्तर करिव २ किमी जेटबोटबाट ५ मिनेटमा पुग्न सकिन्छ । सडक मार्गबाट ४ किमी बाटो १५ मिनेटमा पुग्न सकिन्छ । त्यहाँ बराह भगवानको दर्शन गरेर नजिकको क्षेत्र घुमघाम गरेर फर्कन सकिन्छ ।
नेपालमा रहेका प्रसिद्ध चार धाम सप्तकोशी किनारमा रहेको बराह क्षेत्रधाम, बागमती नदी किनारमा रहेको पाशपुत क्षेत्र धाम, कालीगण्डकीको शिर मुक्रि क्षेत्रधाम र कालीगण्डकी किनारको ऋषिकेश क्षेत्रधाम धार्मिक पर्यटकीय हिसवाले महत्वपूर्ण मानिदैं आएको छ । धार्मिक पर्यटन र जलस्रोतको अपार सम्भाव्यता भएको यो क्षेत्र साहसिक र मनोरञ्जनात्मक खेल प्रवद्र्धनका दृष्टिले पनि प्रचुर छ । बराह क्षेत्रलगायत कुम्भनगरी प्राचीन हरिद्वार, औलिया मठ, रामधुनी, छिन्नमस्तालगायत धार्मिक तीर्थ, सुनसरी मोरङ सिँचाइ योजना, चतरा हाइड्रोपावर, पूर्वपश्चिम वैकल्पिक लोकमार्गका कारण पनि यो क्षेत्र आकर्षक बन्दैं गएको छ ।

148852862_876891099766424_3975935067382149376_n 149008915_194647599081398_2663432043922311489_n 149202312_467962501240177_5184499517432496837_n 149457201_2585817075054253_1484219889650747198_n ishor koshi_bas koshi_pull koshi_picnic picnic_spot_koshi