धरान / धरान––१५ का ४ दिनदेखि बेपत्ता दुई बालक इटहरीमा फेला परेका छन् । दशरथपथ बस्ने १२ वर्षीय संकल्प लिम्बू र धरान–८ बरगाछी बस्ने ११ वर्षीय सुन्दर तामाङ माघ २६ गतेदेखि बेपत्ता थिए । हिजो इटहरीमा फेला परेका हुन । स्कुल ड्रेसमा भ्वाइस अफ चिल्ड्रन संस्थाका व्यत्तिले देखे पछि उनीहरुलाई नियन्त्रण्मा राखेका थिए ।
संकल्पका बाबु जितबहादुरले बरगाछी चोकको शहीद स्कुलमा सोमबार कक्षा ५ को परीक्षा दिएपछि घरमा नआई स्कुलड्रेस मै आफ्नो छोरा वेपत्ता भएको बताउनु भएको छ । सोही विद्यालयमा कक्षा ५ मै पढ्ने साथी सुन्दर तामाङ पनि एकसाथ वेपत्ता भएको उहाँले बताउनु भयो ।
आफ्नो छोराको खोजीका लागि उहाँले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिनुभएको थियो । प्रहरीका अनुसार लिम्बुले सहिद स्मृति स्कुलको ड्रेसमा र तामाङ भने जिनको हाफ पाइन्ट र रातो रङको टि–सर्ट लगाएको अवस्थामा हराएको भनेर उजुरी दिएको जनाएको छ ।
घर निर्माण काममा मजदुरी गरेर जिविकोपार्जन गदैं आएका लिम्बुको छोरा यस अघि कहिल्यै घर छाडेर नगएको बताउनु भयो । उनीहरुलाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको छ । कोसँग किन इटहरी गए भन्ने खुलेको छैन् ।