धरान / काठमाडौंको क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा यही फागुन २ गतेदेखि सुरु हुने कलेज स्तरिय अन्डर २३ बास्केटवल प्रतियोगितामा धरानको हिमालय मेघा कलेजले पनि सहभागीता जनाएको छ ।
धरानको व्रदस टिमवाट सुजन राईको कप्तानीमा आज खेलाडीहरुलाई कलेजले विदाई गरेको छ । धरान १२ स्थित हिमालयन मेघा कलेजको प्रांगणमा विदाई कार्यक्रमको आयोजना गरि धरान बास्केटवल संघ र मेघा कलेजले संयुक्त रुपमा विदाई गरेका हुन । उनीहरुलाई नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी र मेघा कलेजका विविएस कोअर्डिनेटर चन्द्र वनेमले जितको शुभकाना दिदैं विदाईगर्नु भएको हो ।
ब्रोदर बास्केटवल टिम काठमाडौंमा मेघा कलेजबाट खेल्ने छन् । सुजन राईको कप्तानीमा आसिस लिम्वु, कविन मगर, विसालहाङ राई, मौसम राई, जोमन राई, सर्वधन राई, सुसन श्रेष्ठ, अभिमान राई, सन्तोष राई र सुसन राजवंशिले सहभागिता जनाउने बास्केटवलका प्रदेश १ प्रशिक्षक तथा सुनसरी वास्केटवल संघका सचिव विकास राईले जानकारी दिनुभयो । कलेजले खेलाडीको खाजा खर्चसमेत दिएको छ ।
विदाई कार्यक्रममा हिमालयन मेघा केलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, फाउण्डर मेम्वर जीवन न्यौपाने, दिपेन्द्र यादवलागयत कलेजका विद्यार्थीहरु उपस्थिति रहेको थियो ।
बास्केटवल खेल विकासका लागि कलेजले आफ्नै कलेजमा बास्केटवल कोर्ट समेत तयारी गरिरहेको एकेडेमिक डाइरेक्टर घिमिरेले जानकारी दिनुभयो । कलेजले बास्केटवल खेलाडीहरुका लागि छात्रवृतिसमेत प्रदान गदैं आएकोछ ।

IMG20210210085057