धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पार्किङ क्षेत्रबाट तार काटेर मोटरसाइकल चोरी गदैं गर्दा २ जना युवाहरु समातिएका छन् ।
पक्राउ पर्नेमा रामधुनी भासी झुम्कका आकाश चौधरी र अनिमेष चौधरी रहेका प्रतिष्ठानको सेक्युरिटी गार्ड कम्पनि भिआइपी सेक्युरिटीले जनाएको छ ।
भिआईपी सेक्युरिटी सर्भिसका निर्देशक टेक लोहनीका अनुसार पिलासले मोटरसाइकलको तार काटेर स्टार्ट गरेर लान लागेको बेला उनीहरुलाई सुरक्षा गार्डले पक्राउ गरेको थियो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय धरानलाई जिम्मा लगाइएको लोहोनीले जानकारी दिनुभयो ।
सेक्युरिटी कम्पनिको निगरानीमा रहेको निःशुल्क पार्किङ क्षेत्रमा राखिएको को ३५ प १२८९ नम्बरको पल्सर मोटरसाइकलको तार काटेर चोरी गर्ने प्रयास गरेका थिए । उनीहरु मोटरसाइकल ग्यारेजमा काम गर्ने भएको बताइएको छ ।