धरान / गाँजा विक्रि वितरण गरेको आरोपमा भोजपुर हतुवागढी –६ घर भई हाल धरान –१३ बस्ने २४ बर्षीय गुमान राईलाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध गाँजा संचय गरी बिक्रीबितरण गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा आइतबार दिउसो पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनको डेराबाट २ किलो २७० ग्राम गाँजा फेला पारी बरामद भएको छ ।
निज गुमान राईलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरुगरिएको प्रहरीले जनाएको छ ।