धरान / जेट बोट संचालनका लागि सजिलो बनाउने नाममा त्रिवेणीघाटस्थित महत्वपुर्ण साँस्कृतिक खुवालुङको अस्तित्व नामेट बनाउन लागेको भन्दैं किरात राई यायोक्खाले आपत्ति जनाएको छ ।
माघ १ गते खुवालुङ क्षेत्रमा नै पुगेर टोलीले सुनसरी अध्यक्ष बलराम राई संयोजक रहेको खुवालुङ बचाउ समिति गठन गरेको छ ।
समितिका संयोजक राईले दिएको जानकारी अनुसार चतराबाट कोशीमा जेटबोट सञ्चालनमा रहेको र खुवालुङले गर्दा बोट सञ्चालनमा अवरोध पुगेको भन्दै फुटाउने तयारी गरेको जानकारीमा आएको बताउनु भयो । यसप्रति किरात राई यायोक्खा र खुवालुङ बचाउ समितिको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनु भयो । किरातीहरुको आस्थाको साँस्कृतिक थलो कुनै पनि वहानामा मास्न नपाइने उहाँको भनाई छ ।

भोजपुर, उदयपुर र धनकुटाको त्रिवेणीघाटमा अवस्थित प्रागऐतिहासिक महत्वको खुवालुङ (ढुंगा) किरातहरुको गहिरो आस्थाको प्रतिक मानिन्छ । किराती भाषामा खुवाको अर्थत पानी र लुङको अर्थ ढुंगा अर्थात पानीढुंगा हो । खुवालुङ क्षेत्रलाई किराती सभ्यताको विकास हुने क्रमको ऐतिहासिकस्थलकोरुपमा मानिन्छ । यही मान्यता अनुसार भोजपुरको मुन्धुम ट्रेलको नामकरण गरि कोशीको त्रिवेणीघाटदेखि सगरमाथासम्मको रुट बनाइएको छ ।

किराती नक्छोङ, धामी, माङ्पाहरुले आफ्नो धार्मिक कार्य गर्दा यही खुवालुङमा आएर शक्ति आर्जन गरि आफ्नो कार्य सिद्धि गर्ने गरेको स्थानीय ुबढापाकाहरुलेबताएका छन् । त्यसैले यो ढुंगा किरातीहरुको मुन्धुममी शक्ति केन्द्रको रुपमा पनि मानिदैं आएको छ ।20210206_120649