धरान / नेपाली सेनाको उपसेनानी(लेफ्टिनेन्ट) हुँ भन्दै सर्वसाधारणहरुलाई ठगी गर्ने ननेपाली सेनाको पोषाकमै रहेका एक नक्कली उपसेनानीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मर्करीको व्यापारबाट फाइदा हुन्छ, मिलेर व्यापार गरौं भन्दै रकम असुल गरी ठगी गर्दै हिड्ने नक्कली लेफ्टिनेन्टस पर्साको ठोरी गाउँपालिका ५ का २८ बर्षीय शिवकुमार कार्की र उनका सहयोगी सिन्धुलीको दुधौली नगरपालिका ८ का ३८ बर्षीय बसन्तकुमार खड्का रहेका छन् ।
कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीले बुधबार र उनका सहयोगी खड्कालाई विहीबार इटहरीबाट पक्राउ गरिएको इप्रका इटहरीका डिएसपी अर्जुन केशीले जानकारी दिनुभयो ।
सेनाको पोषाकमा पक्राउ परेका कार्कीको पोषाकमा नाम भने शिवजंग कार्की लेखिएको छ ।
जिल्ला प्रहरी प्रमुख तथा एसपी कमल थापाका अनुसार दुई साताअघि इटहरी बजार क्षेत्रमा सेनाको उपसेनानी हुँ भन्दै विभिन्न व्यक्तिसँग रकम असुल गरी ठगी गर्दै हिडेको बिशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । बुधबार इटहरी ६ स्थित सामुदायिक अस्पताल अगाडि सेनाको पोषाकमा कार्कीलाई फत्राउ गरिएको थियो । नेपाली सेनाको उप सेनानीको दज्र्यानी चिह्नसहितको कम्ब्याक्ट लगाएको व्यक्तिमाथि शंका लागेर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नक्कली सेना बनेर रेड मर्करीका काराबार गर्ने भन्दै रकम असुल गरिरहेको खुलेको थियो । उनको साथबाट ३३ हजार ४ सय ५० रुपैया र विभिन्न बैंकको एटिएम कार्ड र आइएमई गरेको रसिद पनि प्रहरीले वरामद भएको एसपी थापाले जानकारी दिनुभयो ।

यस्तै, उनले रेड मर्करीको व्यापार गर्न भन्दैै विभिन्न व्यक्तिबाट ११ लाख बढी रकम ठगी गरेको भेटिएको एसपी थापाले जानकारी दिनुभयो । उनको विरुद्धमा विभिन्न १० जना व्यक्तिले किटानी जाहेरी दिएको छ । उता उनका सहयोगी खड्काले राम्रो फाइदाको व्यापार छ भन्दैं विभिन्न व्यक्तिबाट पैसा व्याजमा लिएर फिर्ता नगरेको पाइएको छ । केही दिन अघि काठमाडौंबाट एक महिला उनले लिएको पैसा उठाउन इहरी आउनु भएको थियो । ती खड्काले आइतबार पैसा फिर्ता गर्ने समय दिएका थिए । उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएकाे छ ।