धरान / पछिल्लो समय सुनसरीले अपराधिक क्रियाकलापमा संलग्न ठूला अपराधिलाई पक्राउ गरेको छ ।
प्रहरीले ठूलो परिमाणमा गाँजासहित २ युवालाई मंगलबार राती पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान १ का २६ बर्षीय ज्याक्सन श्रेष्ठ र भोजपुरको हुतवागढी गाउँपालिका ९ का २७ बर्षीय अर्जुन खड्का रहेका छन् । उनीहरुलाई प्रहरीले गए राती इनरुवा १ बलाहा नजिक इनरुवा दुहबी सडक खण्डमा पर्ने सहायक नहरबाट पक्राउ गरेको थियो ।
चेकिङको ब्यारिकेटलाई ठक्कर दिएर भागेका उनीहरुलाई पक्राउ गर्न प्रहरीले एक राउण्ड गोली समेत प्रहार गर्न परेको जिल्ला प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिनुभयो । ती युवा चढेको को १ च ९८५२ नम्बरको स्कारर्पियोले चतरा कोशी पुल नजिक ब्यारिकेटमा ठक्कर दिएको थियो । प्रहरी जवान उदय राई सामान्य घाइते हुनु भएको थियो ।

उक्त गाडीलाई प्रहरीले पिछा गरेको थियो । उनीहरुलाई पक्राउ गर्दा बिहान ३ बजेर २४ मिनेट समय भएको थियो । सुनसरी हुँदै ठूलो मात्रामा गाँजा निकासी भइरहेको सुचना सुनसरी प्रहरीले पाएपछि चेकजाँच कडा पारेको थियो ।
एसपी थापाका अनुसार खड्काको साथबाट नगद १ लाख ५४ हजार पनि वरामद भएको छ । गाडीबाट २ थान खुकुरी पनि फेला परेको छ ।146495682_272516384467460_2258597660040956309_o

प्लाष्टिक तथा बोराले प्याकिङ गरि कपडाको रोल जस्तो देखिने गरि ९ वटा बोरामा गाँजा वरामद भएको छ । एसपी थापाको नेतृत्वको प्रहरी टोलीले रातभरी लगाएर उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी निरीक्षकको टोलीले मध्यराती १ बजेदेखि नै चेकिङलाई कडाई गरेका थिए । त्यसक्रममा स्कारर्पियाले ब्यारिकेटर लडाएर भागेको थियो । त्यसपछि एसपी थापा आफै परिचालित भएर उक्त गाडीलाई बलाहा नजिकबाट नियन्त्रणमा लिन सफल भएको थियो ।

स्कारपियोले ब्यारिकेटलाई ठक्कर दिदा को १ ब २४३६ र को १ ब २१०५ नम्बरको मोटरसाइकललाईसमेत ठक्कर दिएको थियो । सोही क्रममा प्रहरीले १ राउण्ड गोली प्रहार गरेको थियो । ठक्करले दुवै मोटरसाइकल पुर्णरुपमा क्षतिग्रस्त भएको सुनसरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम कारबाही प्रक्रिया अघि बढाएको एसपी थापाले जानकारी दिए ।

145645059_272516354467463_2565098562201817447_o
प्रहरीले केही दिन अघि ठूलो परिणामको अवधै कपडा गाडीसमेत बरामद गरेर भन्सार कार्यालय बुझाएको थियो । 

भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेको ५२ लाख भन्दा बढीको समानहरुसहित ट्रक र बस प्रहरीले नियन्त्रणमा लिएको थियाे ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबारदेखि  चेकिङको क्रममा भन्सार छलेर ल्याउदै गरेको खाद्यान्न, लत्ता कपडा, स्टिलका भाडा वर्तन, सुर्तिजन्य पदार्थ, भैसीको पाडा नियन्त्रणमा लिइएको हो । ती सबैको मुल्य ५२ लाख ८५ हजार ३ सय ३५ रुपैया रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अवैध सामान ढुवानीमा प्रयोग भएको को १ ख ७१५३ नम्बरको ट्रक र बा ४ ख ८०६१ नम्बरको बसको चालक पनि पक्राउ परेका छन् । वरामद भएको सामानहरुलाई आवश्यक कारबाहीको लागि सेतुबन्धु भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको प्रहरीले जनाएको छ ।