धरान / भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेको ५२ लाख बढीको समानहरुसहित ट्रक र बस जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार दुई दिनकोअवधीमा चेकिङको क्रममा भन्सार छलेर ल्याउदै गरेको खाद्यान्न, लत्ता कपडा, स्टिलका भाडा वर्तन, सुर्तिजन्य पदार्थ, भैसीको पाडा नियन्त्रणमा लिइएको हो । ती सामानको मुल्य ५२ लाख ८५ हजार ३ सय ३५ रुपैया रहेको एसपी थापाले जानकारी दिनुभयो । मंगलबार प्रहरीले सर्वाजनिक गरेको छ ।
अवैध सामान ढुवानीमा प्रयोग भएको को १ ख ७१५३ नम्बरको ट्रक र बा ४ ख ८०६१ नम्बरको बसको चालक पनि पक्राउ परेका छन् । वरामद भएको सामानहरुलाई आवश्यक कारबाहीको लागि मंगलबार नै सेतुबन्धु भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान कोशी गाउँपालिकाबाट भन्सार तथा क्वारेन्टाइन् छलेर ल्याएको बोइलर कुखुरा नियन्त्रणमा लिएको छ । भन्सार तथा क्वारेन्टाइन छलेर मापदण्ड विपरीत भारतमा उत्पादन भएको ८० थान बोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको एसपी थापाले जानकारी दिनुभयो ।

145017814_271638371221928_8082896781325815350_o