दकम  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज बिहान बम विष्फोट भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णु केसीले जानकारी दिए ।

मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल टोलीले डिष्पोज गरेको छ । विष्फोटबाट सामान्य क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै, नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विष्फोट भएको छ । विष्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा७च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । घट्ना पछि व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।