धरान / धरान १८ रत्न चोक नजिकैका एक १७ बर्षीय किशोर झुण्डिएर आत्महत्या गरेका छन् । नेकपाका जिल्ला कमिटीसदस्य रेवतरमण राईका छोरा रेवणले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन् ।
स्थानीय डिपोट माविमा कक्षा १० मा अध्ययनरत रेवण आज टाउको दुख्याे भनेर विद्यालय पनि गएका थिएनन् । घरमा कोही नभएको मौकापारी कोठामा झुण्डिएको अवस्थामा भेटिएको धरान–१८ का वडाध्यक्ष नरेन्द्र राई((प्रविण)ले जानकारी दिनुभयो
झोला झुण्ड्याउने ठूलो साइजको फित्ताले पंखा बेरेर उनले आत्महत्या गरेको पाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
किन गरे रेवणले आत्महत्या
स्थानीयका अनुसार उनी परिवारका एक्ला छोरा थिए । बाबु आमाले उनलाई पुलपुलाएर राखेका थिए । उनले केही साथीहरुसँग चुरोट खाएको हिजो मात्र उनका आमा बाबुसम्म कुरा पुगेको थियो । हिजो उनका बुबाले कुलतबारे सामान्य सम्झाई बुझाई गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । आफुले गलत गरेको विषयमा घर परिवारमा थाहा पाएको भनेर उनी तनावमा थिए । आज विहान स्कुल पनि नगई आमा बुवालाई काममा जादा हासी खुशी विदाई गरेर घरमा बसेका थिए । आमा बुवा निस्किए पछि उनले आफ्नै कोठामा पसेर भित्रबाट चुकुल लगाएर आत्महत्या गरेको पाइएको छ ।