धरान / मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जग्गामा ५० बेडको प्रदेशिक सरुवा रोग अस्पताल निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।
सुन्दरहरैचाको वडा नं ११ मा रहेको प्रतिष्ठानको कुल जग्गामध्ये २ बिघा क्षेत्रफलमा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो । अस्पतालको सोमबार सँस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री भानुभक्त ढकालले शिलान्यास गर्नु भयो ।
रेका छन् । प्रदेश १ का जनतालाई सरुवा रोग सम्बन्धी बिशिष्टकृत उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण हुन लागेको वीपी प्रतिष्ठानका रजिष्ट्रार प्रा।डा।मोहनचन्द्र रेग्मीले जानकारी दिए । उनले भने,‘प्रदेशका जनताले सरुवा रोगबारे बिशिष्ट उपचार सेवा पाउछन्, त्यसैले यो ज्यादै महत्वपुर्ण आयोजना हो ।’

कोरोनाको महामारी पछि संघीय सरकारले नीतिगतरुपमा नै प्रत्येक प्रदेशमा ५० बेडको सरुवा रोग अस्पताल बनाउने निर्णय गरेको थियो । सोही अनुसार वीपी प्रतिष्ठानले ४४ औं सिनेट बैठकले सरुवा रोग अस्पताल बनाउन सुन्दरहरैचास्थित आफ्नो जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यो अस्पताल बनाउन संघीय सरकारले बजेट उपलब्ध गराउनेछ भने प्रदेश सरकारले निर्माण गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्राडा. मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो ।


निर्माण सम्पन्न भएपछि प्रदेश सरकार र प्रतिष्ठानको संयुक्त प्राविधिक टिमले सञ्चालन,व्यवस्थापन गर्ने छ । यसबारेमा सोमबार नै प्रदेश सरकार र प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र प्रतिष्ठानका रजिष्ट्रार प्राडा. रेग्मीले पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

संघीय सरकारले ८ करोड बजेट अस्पताल निर्माणको लागि निकासा गरिसकेको छ । सरकारले ७ वटै प्रदेशमा ५० बेडको अस्पतालको खाका तयार गरिसकेको छ ।

प्रतिष्ठानले स्वास्थ्य मन्त्रीलाई वाइपास गरेर पर्यटन मन्त्रीबाट शिलान्यास गरायो

जुनसुकैठूला आयोजना प्रतिष्ठानको सहकुलपति समेत रहने स्वास्थ्य तथा जनसंख्यामन्त्रीले उद्घाटन शिलान्यस गर्ने चलन थियो । तर तत्कालिन स्वास्थ्य मन्त्रीभानुभक्त ढकालको पालामा निर्णय भएको सरुवा रोग अस्पताल शिलान्यास हालका स्वास्थ्यमनत्री ह्दयेश त्रिपाटीलाई वाइपास गरेर असम्बन्धित मन्त्रालयका मन्त्री ढकालले नै शिलान्यास गर्नु भएको छ ।

सरुवा रोग अस्पताल बनाउने निर्णय आफु स्वास्थ्यमन्त्री भएको बेला भएको भन्दै पर्यटनमन्त्री ढकालले अस्पतालको शिलान्यास पनि आफ्नै हातबाट हुनुपर्छ भनेर भने पछि उहाँले नै नियुक्ति गर्नु भएका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले ढकाललाई नै प्रमुख अतिथि बनाउनु भएको हो ।

कुनै पनि उद्घाटन, शिलान्यास वा कार्यहरु जुन मन्त्रालय सम्बन्धित कार्य छ सोहि मन्त्रालयका मन्त्री, सचिबलगायत सम्बन्धित पदाधिकारीहरुबाटै गरिदैं अाए पनि बहालवाला स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठी हुँदाहुँदै उहाँलाई वाइपास गर्दै सरोकार नै नभएको मन्त्रालयका मन्त्रीले अस्पताल शिलान्यास गरर स्वास्थ्य मन्त्रीलाई चिढाउने काम प्रतिष्ठान पदाधिकारीहरुले गरेका छन् ।

प्रतिष्ठानका एक पदाधिकारीले वहालवाला मन्त्री हुँदाहुँदै अर्कै मन्त्रालयका मन्त्री बोलाइनु अस्वभाविक भएको बताउनुभयो । यस कार्यले प्रतिष्ठान र स्वास्थ्य मन्त्रालयविचको सम्बन्धमा स्वाभाविक रुपमा दुरी बढाउन प्रतिष्ठानका उक अधिकृत बताउन ुहुन्छ । सम्बन्धित मन्त्रीलाई वाइपास गरेर नजिकका मन्त्रीलाई स्वागत गर्ने काम उपकुलपति प्राडा गिरी र रजिष्टारका प्राडा रेग्मीलाई घातक सिद्ध हुने प्रतिष्ठानका एक कार्यकारीणि समिति सदस्यले बताउनु भयो ।

सुन्दर हरैंचामा शिलान्यास हुन लागेको सरुवा अस्पताल शिलान्यासका बारेमा मन्त्रालयलाई जानकारी नै नभएको स्वास्थ्य मन्त्रालय स्रोतलेजनाएको छ । ‘

उपकुलपति डा ज्ञानेन्द्र गिरीको जोडवलमा पर्यटनमन्त्रीबाट अस्पताल शिलान्यास गराइएको श्रोतले बताएका छ । त्यसमा रजिष्टार रेग्मीले पनि सहमति जनाएको बताइएको छ । दुवै जना ढकाल स्वास्थ्य मन्त्रीहुदा प्रतिष्ठानमा नियुक्तिपाउनुभएको थियो । ‘यस विषयमा उपकुलपति डा. गिरीसँग सम्पर्क गर्न खोज्दा उहाँले फोन उठाउनु भएन ।
भ्रष्टचारको रिर्पोट मन्त्रालय पुगे पछि बजेट कटौती
बिपी प्रतिष्ठानको उपकुलपति प्राडा गिरीले अख्तियार अनुसन्धान आयोगमा उजुरी परि विशेष अदालतमा भ्रष्टचारको मुद्धा खेपिरहेका कालो सूचीमा राख्नु पर्ने मेडिकल माफियाहरुलाई नै धमाधम ठेण्टरको ठेक्का दिएर कमाउ धन्दामा लागेको स्वास्थ्य मन्त्रालयमा रिर्पोट पुगे पछि मन्त्री त्रिपाटी चिडिएकानु भएको छ । चालू आर्थिक बजेटमा प्रतिष्ठानका लागि करिब ८७ करोड बजेट माग गरिए पनि मन्त्री ह्दयेश त्रिपाठीले ५ करोड मात्र उपलब्ध गराउनु भनेर अर्थ मन्त्रालयलाई पत्र पठाउनु भएको छ । भ्रष्टचार गर्नका लागि पैसा नपठाउनु भन्ने मन्त्रीले निर्देशन दिएको श्रोतले बताएको छ ।