धरान / धरान उपमहानगरपालिकाको वडा नं. १६ का बिहान बेलुका खानै नपुग्ने अति विपन्न परिवारलाई रासन कार्ड वितरण गरेको छ । वडा कार्यालयले पहिलो चरणमा अति विपन्न ३२ परिवारलाई छनौट गरि रासन कार्ड वितरण गरेको हो ।
लक्षित वर्गको कार्यक्रम अन्तर्गतको बजेटबाट अति विपन्न परिवारलाई रासन कार्ड बनाएर वितरण गरिएको वडाधयक्ष दिलकुमार गिरीले जानकारी दिनुभयो ।

कोरोनाका कारण लकडाउन भएपछि राहत वितरण गर्ने क्रममा घर घरमा पुग्दा वडामा ९२ जनाको परिवार ज्यादै विपन्न, अशक्त र खानै नपुग्ने भेटिएको थियो । ती मध्ये ३२ जनाको परिवारलाई धेरै नै समस्या भएकोले पहिलो चरणमा रासन कार्ड उपलब्द गराइएको अध्यक्ष गिरीले बताउनु भयो । ‘उनीहरुको अवस्था देखेर मलाई नराम्रो लागेको थियो । त्यहीबेलादेखि उहाँहरुलाई वडाले कसरी सहयोग गर्न सक्छ भनेर सोचिरहेको थिए । लक्षित वर्गको कार्याक्रमको बजेट कटाएर उहाँहरुलाई रासन काडृ बनाई दिएको छु ।’– वडाध्यक्ष गिरीले भन्नु भयो–‘मेरो कार्यकाल भरी नियमित उपलब्द गराउने छु । नयाँ आउने जनप्रतिनिधीलाई पनि यो योजनालाई निरन्तरता दिन आग्रह गर्दछु ।’

रासन कार्डबाट परिवार १ जना मात्र भए महिनामा १५ केजी चामल, १ केजी दाल, १ केजी नुन र १ लिटर तेलको व्यवस्था गरिएको छ । परिवारमा एक जना भन्दा बढी भएको परिवारलाई २५ केजी चामल व्यवस्था गरिएको छ । वडामा कोही भोकै मर्न नपरोस भनेर अति विपन्न पसिवारलाई वडा कार्यालयबाट रासन उपलब्द गराउने गरि कार्ड व्यवस्था गरिएको वडाध्यक्ष गिरीले जानकारी दिनुभयो ।144937481_1169765280126185_2585869363379706770_o
वडा कार्यालयले विपन्न रासन कार्डसँगै अनिविपन्न २० परिवारका एक सय परिवारका लागि स्वास्थ्य विमा पनि गरि दिएको छ । वडा कार्यालयले ३५ सय रुपैया तिरेर १ लाखसम्मको उपचार सुविधा पाउने गरि विमा गरिदिएको हो । सरकारले लागु गरेको स्वास्थ्य विमाको सुविधा लिन ३५ सय तिर्नु पर्ने हुन्छ । उक्त रकम तिर्न नसक्ने एक सय विपन्न परिवारको विमा शुल्क तिरि दिएको अध्यक्ष गिरीले जानकारी दिनु भयो । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी, उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको उपस्थितिमा उहाँहरुलाई रासन कार्ड वितरण र विमा गरि दिइएको हो ।