इटहरी / प्रेस युनियन सुनसरीले कोरोना बिमा बापतको थप सात जना सञ्चारकर्मीलाई हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी कोरोना पीडित सात जना पत्रकारहरूलाई रकम हस्तान्तरण गरेको हो ।

युनियन सुनसरी र आईएमई जनरल इन्स्योरेन्स बिच भएको कोरोना बिमा सम्झौता अन्तर्गत उपलब्ध भएको थप सात लाख हस्तान्तरण गरिएको युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो ।

‘कोरोना लागेका ३२ जनामध्ये २२ जनालाई रकम हस्तान्तरण गरिसकिएको छ । विमा रकम एक लाख रहेको छ । बाँकी १० जनालाई पनि चाढै वितरण गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

बिहीबार पत्रकारहरू रोहित कुमार राई, देवेन्द्र कार्की, हिमाल दाहाल, सञ्जय राई, रामबहादुर कटवाल (आरबी), सरिता कोइराला र विवेक रेग्मीलाई रकम हस्तान्तरण गरिएको थियो ।
पछिल्लो समय प्रेसयुनियन सुनसरीले लोकप्रिय काम गदैं आएको छ । युनियनले केही दिन अगाडि मात्रै जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमासमेत गरेको छ ।