धरान /  सरकारले प्रदेश प्रमुखको नियुक्ति गर्न ढिलाई गरिरहेका बेला प्रदेश नं. २ का लागि प्रदेश प्रमुखका दावेदारहरु पनि चर्चामा आउन थालेका छन् । सरकारले राजनीतिक सहमती र आपसी भागबण्डाका अधारमा नियुक्त गर्ने तयारीमा रहेका प्रदेश प्रमुखहरुका लागि बिभिन्न नामहरु प्रस्तूत हुन थालिएका छन् । प्रदेश नम्बर २ अन्तरगत प्रदेश प्रमुखका लागि राष्ट्रिय जनता पार्टी सहित बिभिन्न राजनीतिक दलहरुले आफू निकटकालाई नियुक्ति गर्न नाम पठाएका छन् ।

सरकारले यसअघि सबै दलसंग संभावित नामहरु प्रस्ताव गर्न अहवान गरेको थियो । जसअनुसार राजपाले प्रदेश नम्बर २ का लागि उमाकान्त झाको नाम सिफरिस गरेको छ । झा पूर्व सचिव तथा अन्तरिम सरकारका तत्कालिन मन्त्री समेत हुन । हाल उनी राजपामा बिभिन्न महासचिवहरु मध्ये एक महासचिव पनि हुन् भने राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी समेत हुन् ।
त्यस्तै संघीय समाजवादी फोरमले रत्नेश्वर लाल कायस्थको नाम सिफरिस गरेको छ । उनी सरकारका पूर्व सचिव र पार्टीमा राष्ट्रिय सचिव समेत फोरमका प्रवक्ता समेत हुन् ।
त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट बिमलेन्द्र निधिले लोकेन्द्र मल्लिकको नाम सिफारिस गरेको छ । उनी पूर्व न्यायाधीश हुन भने निधिका आफन्त समेत हुन ।
यसरी दलका नेताहरुले आफ्ना आफन्तहरुलाई सिफारिस गरेका छन् ।